दोस्रो संस्करणको एनपीएलमा आज दुई खेल हुँदै, पहिलो खेलमा कर्णाली र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार दुई खेल हुँदैछन्। शनिबार बिहान ११:१५ बजे कर्णाली याक्स र लुम्बिनी लायन्सको प्रतिस्पर्धा हुँदैछ भने दिउँसो ३:३० बजे दोस्रो खेलमा काठमाण्डु गुर्खाज र विराटनगर किंग्स भिड्दैछन् । दुवै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछन् ।
शनिबारको दोस्रो खेलसमेत महत्त्वपूर्ण छ । राष्ट्रिय क्रिकेट टिमका फास्ट बलर करण केसी र लेग स्पिन सन्दीप लामिछानेको भिडन्त रोचक बन्नेछ । करण काठमाडौंका कप्तान हुन् भने सन्दीपले विराटनगरको कप्तानी गरेका छन् ।
रोहित कुमार पौडेलको कप्तानीमा खेलिरहेको लुम्बिनीमा सन्दीप जोरा, विवेक यादव जस्ता राष्ट्रिय खेलाडी छन् भने थोमस ड्राका, डार्सी सर्ट, गुलबदीन नाइब, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान जस्ता विदेशी खेलाडी रहेका छन् ।
त्यस्तै सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीमा गुलशन झा, नन्दन यादव, पवन सराफ, जस्ता राष्ट्रिय खेलाडी रहेको कर्णाली याक्समा जयकिशन कोलसावाला, म्याक्स ओ’डाउड, प्रियांक पञ्चाल, मार्क वाट र नाजिबउल्लाह जद्रान जस्ता विदेशी खेलाडी समेत रहेका छन् ।
त्यसैगरी आज दोस्रो खेल काठमाडौँ गोर्खाज र विराटनगर किंग्सवीच हुदैछ । यो खेल आज दिउसो साढे ३ बजेदेखि शुरु हुदैछ । जारी एनपीएलमा काठमाडौँ गोर्खाजले २ खेलमा एक जित र एक हार बेहोरेको छ भने विराटनगरले आफ्नो पहिलो खेलमा जित हासिल गरेको छ ।
करण केसीको कप्तानीमा रहेको काठमाडौँ गोर्खाजमा भीम सार्की, शाहब अलाम, रशिद खान, मोहमद आदील आलम जस्ता राष्ट्रिय खेलाडी र मार्वे गेरार्ड इरासमस, जोन एन्ड्रयु सिम्पसन, मिलिन्द कुमार जस्ता विदेशी खेलाडी रहेका छन् ।
एनपीएल सिजन–२
एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुँदै छन्। नेपाल क्रिकेट सङ्घ .(क्यान)ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ। मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुने छ।
एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन्। शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ।
प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ। क्यानले सिजनल टिकटको एकमुस्ट मूल्य १५ हजार रुपियाँ तय गरेको छ।









एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
युवा नै नयाँ नेपालको नेतृत्व हुन्, पार्टीले जिम्मेवारी दिन्छः संयोजक दाहाल
माछा मार्न गएका ताजपुरियाको मृत्यु
काठमाडौंको कमजोर ब्याटिङ, विराटनगरले पायो १३५ रनको सामान्य लक्ष्य
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया