एनपीएल : आज लुम्बिनी र काठमाण्डु भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाज भिड्दैछन् । काठमाण्डु करण केसीको कप्तानीको टिम हो भने लुम्बिनी राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको टिम हो।
यो खेल मंगलबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ ।तीन खेल खेलिसकेको काठमाण्डु र दुई खेल मात्र खेलेको लुम्बिनीको समान दुईदुई अंक छ । काठमाण्डु पछिल्ला दुई खेलमा लगातार पराजित छ । काठमाण्डुले उद्घाटन खेलमा जनकपुरलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको थियो । त्यसपछि सुदूरपश्चिमसँग २९ रनले हारेको काठमाण्डुले तेस्रो खेलमा विराटनगरसँग पाँच विकेटको पराजय सामना गरेको थियो ।
यता, लुम्बिनीले पहिलो खेल जितेर दोस्रो खेल गुमाएको हो । पहिलो खेलमा चितवनलाई ६ विकेटले हराएको लुम्बिनी दोस्रो खेलमा कर्णालीसँग ९ विकेटको हार चाखेको हो ।अंक तालिकामा काठमाण्डु तेस्रो स्थानमा छ भने लुम्बिनी चौथो स्थानमा छ । दुवै टिम आजको खेल जितेर प्रतियोगितामा कमब्याक गर्न चाहन्छन् ।अंक तालिकामा अपराजित सुदूरपश्चिम र विराटनगरले समान ६ अंक बनाएका छन् । नेटरनरेटका आधारमा सुदूरपश्चिम शीर्ष स्थानमा छ भने विराटनगर दोस्रो स्थानमा छ । समान दुई अंक भएका काठमाडौं, लुम्बिनी, चितवन र कर्णाली क्रमशः तेस्रो, चौथो, पाँचौ र छैठौं स्थानमा छन् ।
जनकपुर र पोखराले भने दुई खेल खेल्दासमेत अंक जोड्न सकेका छैनन् ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
प्रतिक्रिया