चितवनलाई चिनाउँदै ‘चितवन राईनोज’

चितवन। पर्यापर्यटनको क्षेत्रमा विश्वलाई चिनाएको चितवन राष्ट्रिय निकुञ्जको एक सिङ्गे गैँडा अहिले क्रिकेटको माध्यमबाट पनि चर्चामा छ । त्यही गैँडाको नामबाट स्थापित क्रिकेट क्लब ‘चितवन राईनोज’ ले खेलमार्फत् चितवन र एक सिङ्गे गैँडालाई विश्वसामु चिनाइरहेको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणबाट खेल्दै आएको चितवन राईनोज दोस्रो संस्करणमा पनि मैदानमा उत्रेको छ । हालसम्म तीन वटा खेल खेलेको राईनोजले दुई जित हासिल गर्दै अग्रस्थानमा छ ।
पहिलो संस्करणमा चौथो स्थान पाएको राईनोजले यस पटक पहिलो बन्ने दाउमा छ । चितवन मेडिकल कलेजको भगिनी संस्थाको रुपमा स्थापित चितवन राईनोजले यहाँ बन्दै गरेको गौतमबुद्ध क्रिकेट रङ्गशाला, भरतपुर महानगरसहित समग्र चितवनलाई राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा परिचित गराएको महानगर प्रमुख रेनु दाहाल बताउँछन् ।
उनले भने “अन्तरराष्ट्रियस्तरको रङ्गशाला बनिरहेको ठाउँको क्लबले ख्याती पाउदा गर्व लाग्छ ।” यहाँको खेल पर्यटनलाई चितवन राईनोजले बढावा दिने उनको भनाइ छ ।
खेल क्षेत्रमा महानगरले प्राथमिकता दिँदै आएको भन्दै उनले चितवन राईनोज महानगर र चितवनको आफ्नै क्लब भएको बताए । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले देशका आठ वटा क्लबमध्येको एक क्लब चितवनको रहनु आफैमा गर्वको विषय भएको बताए। उनले भने “चितवन जिल्लाको नाममा स्थापित यो क्लब जिल्लाका लागि गौरवको विषय हो ।”
खेलले अनुशासित बनाउने भन्दै उहाँले आम जनसमुदायलाई खेलप्रति आकर्षित गर्न यस्ता क्लब सहयोगी बन्ने बताए । चितवन राईनोज खेल्दै गर्दा यहाँका होटल, रेष्टुरेन्ट र सार्वजनिकस्थलमा खेलप्रेमी रमाइरहेको देख्न सकिन्छ ।
सडक किनारका पोलमा मात्रै होटल, रेष्टुरेन्ट र सार्वजनिकस्थलमा पनि चितवन राईनोजको लोगो अङ्कित झण्डा फहराएको देखिन्छ । जिल्ला सर्वत्र खेलमय बने जस्तो प्रतित हुन्छ ।
होटल सङ्घ नेपालका केन्द्रीय सदस्य सुमन घिमिरे क्लबको नामका कारण जिल्ला र पर्यटनलाई अन्तरराष्ट्रिय रुपमा परिचित गराएको बताए । उनले भने “चितवन राईनोज सुन्नासाथ दिमाखमा चितवन राष्ट्रिय निकुञ्ज, एक सिङ्गे गैँडाको झल्को आउँछ ।” टेलिभिजन र सामाजिक सञ्जालमार्फत् चितवन राईनोजको नाम फैलिँदै गर्दा त्यसको प्रत्यक्ष फाईदा पर्यटन क्षेत्रमासमेत पुग्ने उनको भनाइ छ ।












Baglung adds 5,253 new voters for this poll
सेयर बजारमा सामान्य अंकको सुधार
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
NC leadership urged to take ownership of Special General Convention
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ:असिम शाह
प्रतिक्रिया