प्रेस काउन्सिलले मेरो न्यूजलाई पत्र काटेकोमा काउन्सिलकै सदस्यकाे फरक मत

काठमाडौं । प्रेस काउन्सिल नेपालले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिको भिडियो हटाउन मेरो न्यूजलाई गरेको पत्राचार अहिले चर्चाको विषय बनेकाे छ ।
मंसिर ३ गते बाराको सिमरामा एमालेका कार्यकर्ता र जेनजी युवाहरुबीच भएको झडपबारे अध्यक्ष ओलीले दिएकाे अभिव्यक्तिको भिडियो फेसबुक पेजबाट हटाउन काउन्सिलले मेरो न्यूजलाई पत्र काटेपछि विभिन्न संगठन तथा मिडियामा आवद्धहरुले यसकाे विराेध गरेका छन् ।
काउन्सिलकै सदस्य निमा काफ्लेले याे निर्णयप्रति असहमति जनाउँदै फरक मत राखेकी छन्। सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै काफ्लेले सार्वजनिक व्यक्तिहरूका अभिव्यक्ति उद्धृत गर्नु मिडियाको जिम्मेवारी भएकाले त्यसलाई अनुशासनको मुद्दा बनाउनु प्रेस स्वतन्त्रताको आधारभूत मान्यतासँग मेल नखाने बताइन्।
उनले मंसिर ९ गते बस्ने आचारसंहिता अनुगमन उपसमितिको बैठकमा आफू अस्वस्थ्य भएका कारण उपस्थित हुन नसकेको र आफूलाई उक्त निर्णयको औपचारिक जानकारी नआएको स्पष्ट गराएकी छन्। उनले काउन्सिलकाे तर्फबाट यदि गल्ती भएकाे भए त्यसलाई सच्याउन आफूले पहल गर्ने बताइन्।
‘अहिले म यो विषयमा आचारसंहिता उल्लङ्घनसम्बन्धी उपलब्ध सबै अभिलेख, निर्णयका आधारहरू र प्रक्रियागत कागजातहरूको समग्र समीक्षा गरिरहेको छु। आवश्यक परेमा गल्ति सच्चाउन बोर्ड सदस्यको भूमिकाबाट सक्रिय पहल गर्नेछु’ उनले लेखेकी छन् ।
यस्ताे छ उनकाे स्टाटस् :
प्रेस काउन्सिल नेपालले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको वक्तव्यलाई लिएर पत्र काटेको विषयमा धेरै साथीहरूले जिज्ञासा राख्नुभएको छ। यसबारे मैले स्पष्ट रूपमा तीन कुरा राख्न चाहन्छु ।
पहिलो कुरा: पूर्व प्रधानमन्त्री ओलीको भनाई अतिरञ्जनपुर्ण देखिदैन । यहाँ मननयोग्य कुरा के छ भने देशका पूर्वप्रधानमन्त्रीले व्यक्त गरेको सार्वजनिक मन्तव्यलाई उद्धृत वा प्रशारण गर्नु प्रेसको आफ्नो दायित्व हो। जनप्रतिनिधि, सत्ता, नेतृत्व र सार्वजनिक तहमा रहेका व्यक्तिहरूका अभिव्यक्तिहरू स्वतन्त्र रूपमा प्रकाशित–प्रशारित हुनुपर्छ। यसलाई अनुशासनको मुद्दा बनाउनु प्रेस स्वतन्त्रताको आधारभूत मान्यतासँग मेल नखान सक्छ।
दोस्रो कुरा: मंसिर ९ गते बसेको आचारसंहिता अनुगमन उपसमितिको बैठकमा स्वास्थ्य कारणले उपस्थित हुन सकेको थिइनँ, र यस निर्णयबारे मलाई औपचारिक रूपमा जानकारी थिएन। सामाजिक सञ्जालमा आएपछि मात्र मैले यो निर्णयवारे थाहा पाएँ।
तेस्रो कुरा: यदि प्रेस काउन्सिलको तर्फबाट प्रक्रियामा त्रुटि, समन्वयको कमी वा गल्ती भएको छ भने, म त्यसलाई स्पष्ट रूपमा स्वीकार गर्छु। संस्थागत निर्णयहरू कहिलेकाहीँ समय, सूचना वा समन्वयको कारणले अपूर्ण देखिन सक्छन्। गल्ती स्वीकार गर्नु र तुरुन्त सुधारतर्फ उभिनु नै सही मार्ग हो।
र अहिले म यो बिषयमा आचारसंहिता उल्लङ्घनसम्बन्धी उपलब्ध सबै अभिलेख, निर्णयका आधारहरू र प्रक्रियागत कागजातहरूको समग्र समीक्षा गरिरहेको छु। आवश्यक परेमा विषयमा गल्ति सच्चाउन बोर्ड सदस्यको भूमिकाबाट सक्रिय पहल गर्नेछु।
मेरा लागि यतिखेर मूल आधार दुईवटा मात्र छन्—प्रेस स्वतन्त्रताको रक्षा र प्रेस काउन्सिलको संस्थागत भरोसाको निरन्तरता।
काउन्सिलले जनतामा राखेको विश्वास जोगिनुपर्छ, निर्णयहरू निष्पक्ष, पारदर्शी र प्रक्रियागत रूपमा शुद्ध हुनुपर्छ। यही दिशामा म दृढतापूर्वक उभिएको छु।
निमा काफ्ले
सदस्य, प्रेस काउन्सिल नेपाल









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रतिक्रिया