सुदूरपश्चिमविरूद्ध पहिला ब्याटिङ गर्दै जनकपुर
मेरोन्यूज
२०८२ मंसिर १३ गते १५:५६

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा आजको दोस्रो खेल जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ ।
त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा जनकपुरले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।
तीन खेल खेलेर अङ्कविहीन अवस्थामा रहेको जनकपुर आज जीतको खोजीमा छ । जनकपुर अङ्कतालिकाको पुछारमा छ ।
प्रतियोगितामा अपराजित रहेको सुदूरपश्चिम भने चारवटै खेल जितेर अङ्क तालिकाको पहिलो स्थानमा छ । सुदूरपश्चिम आज विजयी भयो प्लेअफमा उसको स्थान सुरक्षित हुनेछ ।
आजै भएको पहिलो खेलमा लुम्बिनीले पोखरालाई तीन विकेटले पराजित गरेको थियो ।
सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया