एसिसी पुरुष यु-१९ प्रिमियर कप फाइनल : टस जितेर नेपालले यूएईविरुद्ध बलिङ गर्दै
मेरोन्यूज
२०८२ मंसिर १५ गते ११:१०

काठमाडौं । एसिसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा अहिले नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) भिड्दैछन्। यूएईको अजमानस्थित करवान मैदानमा नेपालले टस जितेर फिल्ड रोजेको नेपालले सुरुमा बलिङ गर्दैछ ।
मलेसियालाई नौ विकेटले हराउँदै नेपाल फाइनल पुगेको छ। यूएईले भने ओमानलाई आठ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।नेपाल र युएई एसिया कपमा छनोट भइसकेका छन्। प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोली सिधै एसिया कपमा छनोट हुने प्रावधान छ।
सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल सोमबार नै हुँदैछ । तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्ने नियम छ।तेस्रो स्थानका लागि सोमबार मलेसिया र ओमान खेल्दैछन्। प्रतियोगितामा १४ टोलीको सहभागिता थियो।
सम्बन्धित









बाँकेमा ११९ एचआइभी सङ्क्रमित फेला
बुटवलको हायात प्लेस सञ्चालनमा
एड्सको अन्त्य गर्न सबैलाई एकजुट हुन स्वास्थ्यमन्त्री गौतमको आह्वान
मेयर बालेनका बुवाकाे निधन
काँकरभिट्टा नाकाबाट आठ अर्बको निर्यात हुँदा १६ अर्बको आयात
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
प्रतिक्रिया