मंगलबार, मंसिर १६, २०८२

आज २०८२ साल मंसिर १६ गते मंगलबारको राशिफल

मेरोन्यूज २०८२ मंसिर १६ गते ६:३३

काठमाडौं ।आज २०८२ साल मंसिर १६ गते मंगलबार तदनुसार सन् २०२४ डिसेम्बर २ तारिख । द्वादशी उपरान्त त्रयोदशी तिथि । विश्व दासता उन्मुलन दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । 

मेष : वैदेशिक रोजगारमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा संघर्ष गर्नुपर्ला। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

वृष : आँटेको कार्यमा सफलता मिल्नेछ। राज्यपक्ष वा प्रशासनिक सहयोगबाट कुनै विशिष्ट कार्य सम्पादन गर्नमा सहायता मिल्नेछ। आय आर्जनका नयाँ स्रोतहरू फेलापर्नेछन्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

मिथुन : महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। सभा समारोहमा सम्मानित भइएला। नोकरी वा पेशामा अधिकारी वर्गहरू हजुरको लागि सहयोगी हुनेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

कर्कट : आत्मविश्वास वा स्पष्ट दृष्टिकोणमा उल्लेखनीय वृद्धि हुनेछ। उच्च शिक्षालाई लिएर नयाँ अवसरहरू मिल्नेछन्। नयाँ नोकरीको खोजीमा सफलता मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

सिंह : सृजनात्मक गतिविधिहरूमा रुचि बढ्नेछ वा नवीन विचारहरू कार्यान्वयन गर्न सकिनेछ। अबसरवादीहरूबाट सावधान रहनुहोला। धर्म कर्मतर्फ मन जानेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कन्या : अरुको लागि बुद्धि र धन खर्च गर्नुपर्ला। कार्यक्षेत्रमा तपाईँको योग्यता वा दक्षतामाथि पुनः विश्वास पुष्ट हुनेछ। जीवनसाथीको साथ र सहयोग पाइनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

तुला : कार्यक्षेत्रमा धैर्य वा सजगताको साथमा विवेकपूर्ण निर्णय लिन आवश्यक हुनेछ। व्यवहारलाई सरल राख्ने प्रयास गर्नुहोला। नयाँ कामको थालनी हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

वृश्चिक : प्रेम सम्बन्धलाई दाम्पत्य यात्रामा रुपान्तरण गर्न अनुकूल समय रहको छ। परिवार वा आफन्तहरूको साथले कठिन कार्य पनि सरलतापूर्वक सम्पादन गर्न सकिनेछ। विद्यार्थीहरूको पढाइमा मन लाग्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

धनु : नयाँ अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। व्यक्तिगत वा व्यावहारिक त्रुटीले आलोचना हुन सक्छ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ।

मकर : गृहणिहरूको धार्मिक वा आध्यात्मिक क्षेत्रमा समय व्यतीत हुनेछ। भविष्यलाई लिएर योजनाहरु कोरिनेछन्। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ : आर्थिक पक्ष सबल रहनेछ। व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। सन्तुलित आहार अपनाउनुहोस्। आफन्तहरूबाट साथ पाइनेछ। विद्यार्थीहरूको अध्ययनमा मन लाग्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

मीन : प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। गोप्य कुराहरू सार्वजनिक नगर्नुहोला। योग्यताको मूल्यांकन हुनेछ। प्रभावशाली व्यक्तित्व निर्माण गर्ने समय रहेको छ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

प्रतिक्रिया