एनपिएल : अर्धशतकको सङ्ख्या २६ पुग्यो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा अर्धशतकको सङ्ख्या २६ पुगेको छ ।
पोखरा एभेन्जर्सका एडम रोसिङटनले आज ५० रन पूरा गरेसँगै अर्धशतकको सङ्ख्या २६ पुगेको हो । एडम अर्धशतक पूरा गर्ने २१ औँ खेलाडीसमेत बनेका छन् । जारी प्रतियोगितामा उनको यो दोस्रो अर्धशतक हो ।
यसअघि जारी सिजनमा चितवन राइनोजका रवि बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल, पोखराकै एडम रोसिङटन र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई/दुई अर्धशतक हिर्काएका छन् ।
यस्तै, सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, इशान पाण्डे, विराटनगर किङ्ग्सका लोकेश बम, मार्टिन गुप्टिल, बसिर अहमद, पोखराका सुमित बर्माले, जिमी निशम, चितवनका डेविड मलान र अर्जुन साउँद, काठमाडौँ गोर्खाजका जोन सिम्प्सन, जनकपुर बोल्ट्सका अनिल शाह, वायन पार्नेल, सञ्जय कृष्णमूर्ति, माज सदाकत र आशिफ शेखले एक÷एक अर्धशतक हिर्काएका छन् ।
कर्णालीका मार्क वाट जारी प्रतियोगितामा शतक प्रहार गर्ने एकमात्र खेलाडी हुन् ।









एडमको शतकमा पोखराको जित, कर्णालीको लगातार चौथो हार
‘प्लेअफ’ पुग्ने आशा जीवितै छः अनिल शाह
इरानको सीमामा सुरक्षाकर्मीले गोली चलाउँदा १० जना अफगानीको मृत्यु
एनपिएल : अर्धशतकको सङ्ख्या २६ पुग्यो
पोखराले कर्णालीलाई दियो २०२ रनको लक्ष्य
इमरान खानको अवस्थाबारे पाकिस्तानी सिनेटरले के भने ?
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोल र एलपी ग्यासको यथावत्
प्रतिक्रिया