एनपिएल : अर्धशतकको सङ्ख्या २८ पुग्यो

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा अर्धशतकको सङ्ख्या २८ पुगेको छ ।
काठमाडौँ गोर्खाजका बेन चाल्र्सले आज ५० रन पूरा गरेसँगै अर्धशतकको सङ्ख्या २८ पुगेको हो । उनले पोखरा एभेन्जर्स विरूद्ध उनले ४८ बलमा एक छक्का र चार चौकाको मद्दतमा अर्धशतक पूरा गरे । योसँगै उनी अर्धशतक जोड्ने २४आँै खेलाडीसमेत बने । यसअघि जारी सिजनमा चितवन राइनोजका रवी बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई/दुई अर्धशतक बनाएका छन् ।
सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, ईशान पाण्डे, विराटनगर किंग्सका लोकेश बम, मार्टिन गुप्टिल, बसिर अहमद, पोखराका सुमित बर्माले, जिमी निशम, एडम रोसिङटन, चितवनका डेविड मलान र अर्जुन साउद, काठमाडौँ गोर्खाजका जोन सिम्प्सन, कर्णालीका मार्क वाट, लुम्बिनीका डार्सी सर्ट, जनकपुर बोल्ट्सका वायन पार्नेल, सञ्जय कृष्णमूर्ति, माज सदाकत, अनिल शाह र आशिफ शेखले एक÷एक अर्धशतक बनाएका छन् ।
कर्णालीका मार्क वाट र पोखराका एडम रोसिङटनले मात्रै जारी प्रतियोगितामा शतक प्रहार गरेका छन् ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया