एनपिएल : अर्धशतकको सङ्ख्या २८ पुग्यो

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा अर्धशतकको सङ्ख्या २८ पुगेको छ ।
काठमाडौँ गोर्खाजका बेन चाल्र्सले आज ५० रन पूरा गरेसँगै अर्धशतकको सङ्ख्या २८ पुगेको हो । उनले पोखरा एभेन्जर्स विरूद्ध उनले ४८ बलमा एक छक्का र चार चौकाको मद्दतमा अर्धशतक पूरा गरे । योसँगै उनी अर्धशतक जोड्ने २४आँै खेलाडीसमेत बने । यसअघि जारी सिजनमा चितवन राइनोजका रवी बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई/दुई अर्धशतक बनाएका छन् ।
सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, ईशान पाण्डे, विराटनगर किंग्सका लोकेश बम, मार्टिन गुप्टिल, बसिर अहमद, पोखराका सुमित बर्माले, जिमी निशम, एडम रोसिङटन, चितवनका डेविड मलान र अर्जुन साउद, काठमाडौँ गोर्खाजका जोन सिम्प्सन, कर्णालीका मार्क वाट, लुम्बिनीका डार्सी सर्ट, जनकपुर बोल्ट्सका वायन पार्नेल, सञ्जय कृष्णमूर्ति, माज सदाकत, अनिल शाह र आशिफ शेखले एक÷एक अर्धशतक बनाएका छन् ।
कर्णालीका मार्क वाट र पोखराका एडम रोसिङटनले मात्रै जारी प्रतियोगितामा शतक प्रहार गरेका छन् ।









भीम सार्की बने छिटो अर्धशतक बनाउने नेपाली खेलाडी
घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की
मलामी गएका युवक महाकालीमा बेपत्ता
एनपिएल : अर्धशतकको सङ्ख्या २८ पुग्यो
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
एनपीएलमा सुदूरपश्चिम रोयल्सको दबदबा
एनपीएल खेल्न नेपाल आइपुगे स्टार क्रिकेटर प्लेसिस
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको परमादेश
एडमको शतकमा पोखराको जित, कर्णालीको लगातार चौथो हार
प्रतिक्रिया