बिहीबार, मंसिर १८, २०८२

प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

मेरोन्यूज २०८२ मंसिर १८ गते २१:३१

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उनले शुक्रबार अपराह्न ४ बजेका लागि सर्वपक्षीय बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री कार्कीले बैठकमा जेन-जी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत निर्वाचनसम्बन्धी निकायलाई पनि आह्वान गरेकी छन्। आगामी फागुन २१ गतेको निर्वाचनलाई केन्द्रित गर्दै सरकारले सरोकावाला पक्षसँग निरन्तर छदफल गर्दै आएको छ।

प्रतिक्रिया