विराटनगरलाई सुदूरपश्चिमले दियो १४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको पहिलो खेलमा विराटनगर किङ्ग्सलाई सुदूरपश्चिम रोयल्सले १४८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनायो ।
सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक नटआउट ४५ रन बनाए । बलको सामना गरेका उनले एक चौका र तीन छक्का प्रहार गरे । त्यसैगरी, ईशान पाण्डेले ३५ बलमा ३८ रन बनाए भने जोश ब्राउनले २५ बलमा २४ रन जोडे ।
बलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २० रन खर्चिए । त्यस्तै, प्रतिश जीसीले दुई र बसिर अहमदले एक विकेट लिए ।
एनपीएलमा दुबै टिम प्लेअफमा पुगिसकेका छन् । सुदूरपश्चिम अहिले एनपीएलको अङ्क तालिकामा शीर्ष स्थानमा छ । हालसम्म ६ खेल खेलेको सुदूरपश्चिमले शत प्रतिशत नतिजा निकाल्दै १२ अङ्क जोडेको छ ।
त्यसैगरी, विराटनगर भने छ खेलबाट चारमा जित र दुईमा हार व्यहोर्दै ८ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ ।









एनपिएलमा प्लेसिसले पुरा गरे कीर्तिमानी अर्धशतक
सुदूरपश्चिमको विजयी यात्रा रोकियो, विराटनगरको शानदार जित
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
विराटनगरलाई सुदूरपश्चिमले दियो १४८ रनको लक्ष्य
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा
आज मंसिर १८ गते बिहीबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा लुम्बिनीको जित
एनपीएल : ब्याटिङमा विदेशी र बलिङमा नेपाली खेलाडीको दबदबा
एनपिएलमा आज दुई खेलकाे राेचक भिडंन्त
प्रतिक्रिया