सुदूरपश्चिमको विजयी यात्रा रोकियो, विराटनगरको शानदार जित

काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनमा सुदूरपश्चिम रोयल्सको विजयी यात्रामा विराम लागेको छ । शनिबारको पहिलो खेलमा विराटनगर किङ्ग्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १ सय ४८ रनको लक्ष्य विराटनगरले केबल ११ ओभर ६ बलमा पूरा ग¥यो । खेलमा सुदूरपश्चिमका ओपनरद्वय फाफ डु प्लेसी र साम हेज्लेटले अर्धशतक बनाए । हेज्लेटले २७ बलमा ५१ रन बनाए ।
यस क्रममा उनले तीन चौका र चार छक्का प्रहार गरे ।त्यसैगरी, फाफले २० बलमा ५ चौका र ४ छक्काको मद्दतले ५० रन बनाए । विराटनगरका मार्टिन गप्टिलले ९ बलमा २२ रन बनाए । सुदूरपश्चिमका अभिनाश बोहराले २ र हरमित सिंहले एक विकेट लिए ।
एनपीएलमा दुबै टोली यसअघि नै प्लेअफमा छनौट भइसकेका छन् । यसअघि खेलेका सबै ६ खेल जितेको सुदूरपश्चिमको विजयी यात्रामा विराटनगरले विराम लगाएको हो ।७ मध्ये ६ खेल जित्दै सुदूरपश्चिमले १२ अङ्कका साथ लिग चरण पूरा गरेको छ । विराटनगरले भने ७ मध्ये ५ खेलमा जित हासिल गरेको छ ।
















साना उद्यमीको रोजाइ बन्दै इनड्राइभ.कुरियर्स
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
उपसभामुखमा राप्रपाकी लामाको पक्षमा ५ मत
उपसभामुखमा ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया