सुदूरपश्चिमको विजयी यात्रा रोकियो, विराटनगरको शानदार जित

काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनमा सुदूरपश्चिम रोयल्सको विजयी यात्रामा विराम लागेको छ । शनिबारको पहिलो खेलमा विराटनगर किङ्ग्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १ सय ४८ रनको लक्ष्य विराटनगरले केबल ११ ओभर ६ बलमा पूरा ग¥यो । खेलमा सुदूरपश्चिमका ओपनरद्वय फाफ डु प्लेसी र साम हेज्लेटले अर्धशतक बनाए । हेज्लेटले २७ बलमा ५१ रन बनाए ।
यस क्रममा उनले तीन चौका र चार छक्का प्रहार गरे ।त्यसैगरी, फाफले २० बलमा ५ चौका र ४ छक्काको मद्दतले ५० रन बनाए । विराटनगरका मार्टिन गप्टिलले ९ बलमा २२ रन बनाए । सुदूरपश्चिमका अभिनाश बोहराले २ र हरमित सिंहले एक विकेट लिए ।
एनपीएलमा दुबै टोली यसअघि नै प्लेअफमा छनौट भइसकेका छन् । यसअघि खेलेका सबै ६ खेल जितेको सुदूरपश्चिमको विजयी यात्रामा विराटनगरले विराम लगाएको हो ।७ मध्ये ६ खेल जित्दै सुदूरपश्चिमले १२ अङ्कका साथ लिग चरण पूरा गरेको छ । विराटनगरले भने ७ मध्ये ५ खेलमा जित हासिल गरेको छ ।









चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु
दाङको लमहीमा गोली चल्यो,एक जना घाइते
एमालेको ‘नवयुग’ ई–बुलेटिन शुभारम्भ
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा
आज मंसिर १८ गते बिहीबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा लुम्बिनीको जित
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
एनपिएलमा आज दुई खेलकाे राेचक भिडंन्त
प्रतिक्रिया