एमालेमा युवा नेत्री केन्द्रीय सदस्यका दावेदार

काठमाडौँ । नेकपा (एमाले)को ११ औ राष्ट्रिय महाधिवेशनमा युवा नेत्री पनि केन्द्रीय सदस्यको सशक्त दावेदारमा देखिएका छन् । यसअघि केन्द्रीय सदस्य नभएका युवा नेत्रीहरु यसपटकको महाधिवेशनबाट केन्द्रीय सदस्यमा अट्ने गरि तयारी थालेका छन् ।
राष्ट्रिय युवा संघका सहअध्यक्ष समेत भइसकेकी अहिले एमाले अर्थ तथा योजना विभागकी सचिव क्रान्ति बुर्लाकोटी, पूर्व अखिल नेतृ मेनका पछाई र राधिका खतिवडा, भक्त लामा एमाले केन्द्रीय सदस्यमा शसक्त दावेदारमा रुपमा अघि देखिएका छन् । पछाई कर्णाली प्रदेश कमिटीकी पूर्व सदस्य, अधिवक्ता समेत रहेकी खतिवडा अखिलकी पूर्व सचिव र अखिलका पूर्व सचिव समेत रहेकी लामा वागमती प्रदेश कमिटी उपसचिव हुन् । पछाईं, बुर्लाकोटी, खतिवडा, लामा यसअघि नै केन्द्रीय कमिटीमा समेट्नुपर्ने भएपनि अटाएनन् ।
यस्तै बाँकेबाट बसन्ती अधिकारी, विजया धिताल पनि केन्द्रीय सदस्यको आकांक्षी रहेका छन् ।
यस्तै पुरानाबाट केन्द्रीय सदस्य नविना लामा, कमला वोहरा, सुनिता बराल, उषाकिरण तिमिल्सेना, दीपा शर्मा पनि दोहरिने इच्छा व्यक्त गरेका छन् । उनीहरु सवै अखिल पुष्ठिभूमिबाट आएका युवा नेतृ हुन् । लामा र बराल अखिल अध्यक्ष र बोहरा, तिमिल्सेना र शर्मा सचिवालय सदस्य भइसकेका हुन् ।
२५१ केन्द्रीय कमिटी सदस्यमा यसपटक ४० बर्ष मुनिका युवालाई समेट्ने भएकोले धेरै युवा उम्मेदवार केन्द्रीय सदस्यको आकांक्षी बन्ने छन् ।
जेनजी आन्दोलनपछि पुस्तान्तरणको खोजिरहेको वेला एमाले पंक्तिमा यी युवा नेतृ केन्द्रीय सदस्यमा अटाउन सके पार्टीलाई पक्कै पनि फाइदा हुने छ ।
















नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा कारोबार सुरु
चट्याङका कारण एक दशकमा हजार जनाभन्दा बढीको ज्यान गयो
फोटोन मोटर्स नेपालको इटहरीमा शोरुम उद्घाटन
हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया