क्षतिग्रस्त सिंहदरबार अवलाेकन गर्दै पूर्वराष्ट्रपति भण्डारीले भनिन्- चाँडै पुनःनिर्माण हुनेमा विश्वास छ (भिडियाे)

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुनःनिर्माण हुने विश्वास व्यक्त गरेकी छन् ।
गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त भएको सिंहदरबारका संरचनाहरुको अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले संरचना ध्वस्त भएको देखेर आफूलाई दुःख लागेको र नेपाल सरकारले यी संरचनाहरुलाई चाँडै पुनः निर्माण गर्ने विश्वास व्यक्त गरिन् ।
पूर्वराष्ट्रपति भण्डारीले भविष्यमा यस्ता घटना नहोस् भन्ने कामना पनि गरिन् । उनले साविकको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतको क्षतिग्रस्त कार्यालयको अवलोकन गरेकी थिइन् ।
पूर्वराष्ट्रपति भण्डारीलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले स्वागत गर्दै कार्यालयहरुको अलोकन गराएकी थिइन् । कार्यालय अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरेकी थिइन् ।








पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ
मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल
अण्डाको मूल्य हालसम्मकै उच्च
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
प्रतिक्रिया