क्षतिग्रस्त सिंहदरबार अवलाेकन गर्दै पूर्वराष्ट्रपति भण्डारीले भनिन्- चाँडै पुनःनिर्माण हुनेमा विश्वास छ (भिडियाे)

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुनःनिर्माण हुने विश्वास व्यक्त गरेकी छन् ।
गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त भएको सिंहदरबारका संरचनाहरुको अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले संरचना ध्वस्त भएको देखेर आफूलाई दुःख लागेको र नेपाल सरकारले यी संरचनाहरुलाई चाँडै पुनः निर्माण गर्ने विश्वास व्यक्त गरिन् ।
पूर्वराष्ट्रपति भण्डारीले भविष्यमा यस्ता घटना नहोस् भन्ने कामना पनि गरिन् । उनले साविकको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतको क्षतिग्रस्त कार्यालयको अवलोकन गरेकी थिइन् ।
पूर्वराष्ट्रपति भण्डारीलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले स्वागत गर्दै कार्यालयहरुको अलोकन गराएकी थिइन् । कार्यालय अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरेकी थिइन् ।


















नयाँ वर्षमा मस्त झुम्यो पोखरा
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
पचपन्न हाते लामो लिङ्गो ढाल्ने जात्रा सम्पन्न
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
टर्कीमा विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १६ घाइते
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
प्रतिक्रिया