सोमबार, मंसिर २२, २०८२

प्रधानमन्त्रीलाई दुर्गा प्रसाईंले दिए दुर्गाको मूर्ति उपहार

मेरोन्यूज २०८२ मंसिर २२ गते १८:३५

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंले प्रधानमन्त्री सुशीला कार्कीलाई दुर्गाको मूर्ति उपहार दिएका छन् ।

सोमबार वार्ताका लागि सिंहदरबार पुगेका प्रसाईंले प्रधानमन्त्री कार्कीलाई दुर्गाको मूर्ति उपहार दिएका हुन् ।

साईंले सरकारसँग राखेका २७ बुँदे मागका मुख्य बुँदाहरूबारे प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालसँग छलफल जारी छ । वार्तामा प्रधानमन्त्री कार्कीसँगै गृहमन्त्री ओमप्रकाश अर्याल सहभागी छन् भने प्रसाईं पक्षबाट १९ जना उपस्थित छन् ।

प्रतिक्रिया