नेपाल एयरलाइन्सले चीनबाट ल्यायाे ९७५ थान अक्सिजन सिलिण्डर

काठमाडाैं । अक्सिजन अभावले मुलुकका विभिन्न अस्पतालमा कोभिड–१९ का बिरामीको उपचारमा कठिनाइ भइरहेका बेला राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का जहाजले विभिन्न मुलुकबाट धमाधम अक्सिजन सिलिण्डर नेपाल ल्याइरहेकाे छ ।
निगमको वाइड बडी ए ३३० जहाजले चीन र ओमानबाट अक्सिजन सिलिण्डरलगायत अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । निगमको जहाजले बेइजिङ्बाट आइतबार र सोमबार ९७५ थान अक्सिजन सिलिण्डर काठमाडौँ ल्याएको छ ।
निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलका अनुसार दुई दिनमा क्रमशः ४०० र ५७५ अक्सिजन सिलिण्डर र १५७ अक्सिजन कन्सर्नट्रेटर ल्याइएको छ । चीनबाट थप दुई उडानमार्फत अक्सिजन सिलिण्डर ल्याउने तथा अन्य स्वास्थ्य सामग्री पनि ल्याउने योजना रहेको छ ।
निगमले यसअघि वैशाख २८ गते चीनबाटै ४०० थान अक्सिजन सिलिण्डर, १० थान भेण्टिलेटरसहितका स्वास्थ्य सामग्री काठमाडौँ ल्याएको थियो । यीसबै सामग्री चीन सरकारले अनुदान स्वरुप नेपाललाई दिएको हो ।
चीन सरकारको दुई हजार अक्सिजन सिलिण्डर अतिरिक्त चीनस्थित नेपाली एनआरएन आइसिसिले सहयोगमा १०० थान, चीनमा रहेका एक नेपाली तथा अन्य चिनियाँ नागरिकको सहयोगमा ७६ थान, होङसी ग्रुपले २७ थान र करुणा फाउण्डेशनको सहयोगमा ११० थान गरी कुल अतिरिक्त ३१३ वटा अक्सिजन सिलिण्डर नेपाल ल्याउने निगमले जनाएको छ ।
गत शनिबार पनि निगमले गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमनको सहकार्यमा ओमनबाट सहयोग स्वरुप प्राप्त भएको ५६० थान अक्सिजन सिलिण्डर काठमाडौँ ल्याएको थियो ।


















इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया