नेपाल एयरलाइन्सले चीनबाट ल्यायाे ९७५ थान अक्सिजन सिलिण्डर

काठमाडाैं । अक्सिजन अभावले मुलुकका विभिन्न अस्पतालमा कोभिड–१९ का बिरामीको उपचारमा कठिनाइ भइरहेका बेला राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का जहाजले विभिन्न मुलुकबाट धमाधम अक्सिजन सिलिण्डर नेपाल ल्याइरहेकाे छ ।
निगमको वाइड बडी ए ३३० जहाजले चीन र ओमानबाट अक्सिजन सिलिण्डरलगायत अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । निगमको जहाजले बेइजिङ्बाट आइतबार र सोमबार ९७५ थान अक्सिजन सिलिण्डर काठमाडौँ ल्याएको छ ।
निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलका अनुसार दुई दिनमा क्रमशः ४०० र ५७५ अक्सिजन सिलिण्डर र १५७ अक्सिजन कन्सर्नट्रेटर ल्याइएको छ । चीनबाट थप दुई उडानमार्फत अक्सिजन सिलिण्डर ल्याउने तथा अन्य स्वास्थ्य सामग्री पनि ल्याउने योजना रहेको छ ।
निगमले यसअघि वैशाख २८ गते चीनबाटै ४०० थान अक्सिजन सिलिण्डर, १० थान भेण्टिलेटरसहितका स्वास्थ्य सामग्री काठमाडौँ ल्याएको थियो । यीसबै सामग्री चीन सरकारले अनुदान स्वरुप नेपाललाई दिएको हो ।
चीन सरकारको दुई हजार अक्सिजन सिलिण्डर अतिरिक्त चीनस्थित नेपाली एनआरएन आइसिसिले सहयोगमा १०० थान, चीनमा रहेका एक नेपाली तथा अन्य चिनियाँ नागरिकको सहयोगमा ७६ थान, होङसी ग्रुपले २७ थान र करुणा फाउण्डेशनको सहयोगमा ११० थान गरी कुल अतिरिक्त ३१३ वटा अक्सिजन सिलिण्डर नेपाल ल्याउने निगमले जनाएको छ ।
गत शनिबार पनि निगमले गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमनको सहकार्यमा ओमनबाट सहयोग स्वरुप प्राप्त भएको ५६० थान अक्सिजन सिलिण्डर काठमाडौँ ल्याएको थियो ।










सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
प्रतिक्रिया