एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो

काठमाडौँ। एसिसी पुरुष यु–१९ एसिया कप भोलि शुक्रबारदेखि संयुक्त अरब इमिरेट्स (युएइ) मा हुँदैछ । पहिलो दिन भारत र आयोजक युएई तथा पाकिस्तान र मलेसियाले खेल्ने छन् । उक्त प्रतियोगिताका लागि नेपाली टोली युएइ पुगिसकेको छ । नेपालले पहिलो खेल श्रीलङ्कासँग यही मङ्सिर २७ गते खेल्ने छ ।
नेपालले दोस्रो खेल मङ्सिर २९ गते बङ्गलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्ने छ । नेपालले सबै खेल सेभेन्स रङ्गशालामा खेल्नेछ । प्रतियोगितामा आठ टोली सहभागी छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया तथा समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान र नेपाल रहेका छन् ।
दुवै समूहबाट शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्ने छन् । उपाधि भिडन्त पुस ६ गते हुनेछ । यस्तो छ नेपाली टोली : अशोक धामी कप्तान, नीरजकुमार यादव, दिलशाद अलि, अभिषेक तिवारी, सिव्रिन श्रेष्ठ, साहिल पटेल, दयानन्द मण्डल, निश्चल छेत्री, आसिश लोहार, नितेस पटेल, चन्दन राम, रोशन विक, विपिन शर्मा, वंश क्षेत्री र युवराज खत्री छन् ।









एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलकाे फाइनलमा
प्रधानमन्त्री र राष्ट्रपतिबिच भेटवार्ता
भ्रष्टाचारविरुद्धको कारबाहीलाई सरकारले प्राथमिकताकासाथ अगाडि बढाएको छः प्रधानमन्त्री
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
फाइनलमा पुग्न विराटनगरलाई १५६ रनको लक्ष्य
विराटनगरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा
चलचित्र परानले गर्यो करिब १७ करोडको व्यापार, अरुको कति ?
प्रतिक्रिया