उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
मेरोन्यूज
२०८२ मंसिर २७ गते १७:०६

काठमाडाैं । नेपाल प्रिमियर लिग एनपीएल सिजन– २ को उपाधि जित्न लुम्बिनी लायन्सले ८६ रनको झिनो लक्ष्य पाएको छ ।
त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्स ८५ रनमा अलआउट भएकाे हाे । सुदूरपश्चिमले १९.१ ओभरमा सबै विकेट गुमायो ।
सुदूरपश्चिमका लागि ओपनर इसान पाण्डेले सर्वाधिक ३३ रन बनाए । शेल्डोन ज्याकसोन एक, आरिफ शेख ६, कप्तान दीपेन्द्रसिंह ऐरी १३ अभिनास बोहरा एक, हर्मित सिंह १० र स्कट कुगेइलेन १० रनमा आउट भए । विनोद भण्डारी, दीपक बोहरा, पुनित महरा शून्य रनमा आउट भए । हेमन्त धामी ७ रनमा अविजित रहे ।
सुदूरपश्चिमलाई सस्तैमा रोक्न लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक विकेट लिए । उनले ११ औँ ओभरका ३ बलमा लगातार सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, दीपक बोरा र पुनित मेहराको विकेट लिए ।
सम्बन्धित










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया