उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
मेरोन्यूज
२०८२ मंसिर २७ गते १७:०६

काठमाडाैं । नेपाल प्रिमियर लिग एनपीएल सिजन– २ को उपाधि जित्न लुम्बिनी लायन्सले ८६ रनको झिनो लक्ष्य पाएको छ ।
त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्स ८५ रनमा अलआउट भएकाे हाे । सुदूरपश्चिमले १९.१ ओभरमा सबै विकेट गुमायो ।
सुदूरपश्चिमका लागि ओपनर इसान पाण्डेले सर्वाधिक ३३ रन बनाए । शेल्डोन ज्याकसोन एक, आरिफ शेख ६, कप्तान दीपेन्द्रसिंह ऐरी १३ अभिनास बोहरा एक, हर्मित सिंह १० र स्कट कुगेइलेन १० रनमा आउट भए । विनोद भण्डारी, दीपक बोहरा, पुनित महरा शून्य रनमा आउट भए । हेमन्त धामी ७ रनमा अविजित रहे ।
सुदूरपश्चिमलाई सस्तैमा रोक्न लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक विकेट लिए । उनले ११ औँ ओभरका ३ बलमा लगातार सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, दीपक बोरा र पुनित मेहराको विकेट लिए ।
सम्बन्धित















नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक
सुनचाँदीको मूल्य घट्यो, आज कारोबारको मूल्य कती ?
छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
युद्धका बीच ४५ दिने विराम प्रस्ताव
प्रतिक्रिया