चुनावमा नउठ्ने घोषणा गर्दै अष्टलक्ष्मीले भनिन्– ‘म नभई पार्टी चल्दैन भन्ने कुराबाट मुक्त होऔँ’
मेरोन्यूज
२०८२ मंसिर २८ गते १४:२१

काठमाडाैं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफू ११ औं महाधिवेशन नलड्ने घाेषणा गरेकी छन्।
आइतबार भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले ११ औं महाधिवेशनमा आफू कुनै पनि पदमा उम्मेदवार नहुने बताएकी हुन्। बैठकमा उनले भनिन्, ‘म अब चुनाव उठ्दिन । मलाई भोट हाल्नु पर्दैन । तर मैले जे गर्दा पार्टी बलियो बन्छ, त्यही गर्ने प्रयत्न जारी रहन्छ ।’
आफू नभई पार्टी चल्दैन भन्ने कुराबाट मुक्त हुनुपर्ने उनको भनाइ थियो । ‘म नभै चल्दैन भन्ने कुराबाट मुक्त होऔँ । हिजो हामीले खुल्ला हुनपर्छ । आमजनताको चासो र चाहनालाई ख्याल गर्दै यो संसोधनतिर नलागौँ, हामी मात्र होइन प्राधिकार । ब विधान संशोधनको विषयमा प्रवेश नै नगरौँ,’ उनले भनिन् ।
सम्बन्धित










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया