बोन्डी समुन्द्रीतटमा आक्रमण गर्ने सात जना सिड्नीमा पक्राउ: प्रहरी

हिंसात्मक कार्य गर्ने योजना बनाएको आरोपमा बिहीबार दक्षिणपश्चिम सिड्नीमा पक्राउ परेका सात जना पुरुषहरूको अस्ट्रेलियाको बोन्डी समुन्द्र तटमा सामूहिक गोलीबारी गर्ने अपराधीहरूसँग वैचारिक सम्बन्ध रहेको प्रहरीले शुक्रबार जनाएको छ । मध्ये सिड्नीबाट २८ किलोमिटर दक्षिणपश्चिममा रहेको लिभरपुलको उपनगरमा बिहीबार प्रहरीले हिंसात्मक कार्यको योजना बनाइरहेको सूचना पाए पछि सशस्त्र सामरिक अपरेसन अफिसरहरूले सात जनाको समूहलाई पक्राउ गरेको थियो ।
अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) रेडियोसँग शुक्रबार कुरा गर्दै न्यू साउथ वेल्स (एनएसडब्ल्यू) का प्रहरी उपायुक्त डेभिड हडसनले ती व्यक्तिहरूको चरमपन्थी विचारधारासँग सम्बन्ध रहेको प्रहरीले पत्ता लगाएको बताउनु भएको छ । इस्लामिक स्टेट (आइएस) को विचारधाराबाट प्रेरित भएको भन्दै अधिकारीहरूले आइतबार बोन्डी समुन्द्री तटमा यहुदी पर्व हनुक्का मनाउन भेला भएका मानिसहरुको समुहमा गोली हाने पछि एकजना कथित बन्दुकधारीसहित १६ जनाको मृत्यु भएको थियो । हडसनले छिमेकी राज्य भिक्टोरियाबाट सिड्नी गएका सात जनाको समूहले बोन्डी तटमा जाने योजना बनाएको सुचना प्रहरीले पाएको बताउनु भएको छ ।
रणनीतिक अधिकारीहरूले कुनै पनि सम्भावित हतियारहरू प्राप्त गर्नु अघि नै ती मानिसहरूलाई पक्राउ गरेको उहाँले बताउनु भएको छ ।
















इरान प्रस्तावमा अमेरिकाकाे आशंका, युद्ध अन्त्य अनिश्चित
काठमाडौँमा २४ घण्टामा २७२२ सवारी चालकमाथि कारबाही, २७ लाख राजश्व संकलन
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
ओमानले नेपाललाई दियो ३०६ रनको लक्ष्य
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
प्रतिक्रिया