भ्याली पब्लिक यु–१९ बास्केटबल लिग च्याम्पियन

काठमाडौं। भ्याली पब्लिकले सेनेका यु–१९ गल्र्स बास्केटबल लिगको उपाधि जितेको छ । भ्याली पब्लिक अपराजित रहँदै च्याम्पियन बनेको हो । भ्याली पब्लिकले सबै १२ खेल जित्यो ।
भंगालस्थित घरेलु कोर्टमा भएको फाइनलमा भ्याली पब्लिकले साइपाल एकेडेमीलाई ६४–४३ ले पराजित ग¥यो । भ्याली पब्लिककी लोरिशा गौचनले उत्कृष्ट प्रदर्शन गर्दै ४६ अंक जोडिन् । लोरिशा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भइन् ।
सेनेका एडुकेसन कन्सल्टेन्सी प्रा.लि. द्वारा आयोजित प्रतियोगितामा भ्याली पब्लिक र साइपालसहित ६ टिम सहभागी थिए । अन्य सहभागीमा गोल्डेनगेट इन्टरनेसनल कलेज, बलर्स एकेडेमी, नितेन मेमोरिय स्कुल (निम्स) र चेल्सी इन्टरनेसनल कलेज रहेका छन् ।
विजेतालाई पूर्व राष्ट्रिय बास्केटबल खेलाडी माया स्याङतान, सेनेकाकी उमा खड्का पाठक, भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । लिग भदौ २२ गतेदेखि सुरु भएको थियो । लिगका खेलहरु साइपालमा पनि भएको थियो ।











दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया