बुधबार, वैशाख १६, २०८३

सरकारका प्रवक्ताले भेटे देउवा, ओली र प्रचण्ड, के-के भयाे कुराकानी ?

मेरोन्यूज २०८२ पुष ११ गते १६:३४

काठमाडाैं । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले प्रमुख तीन दलका तीन शीर्ष नेतासँग भेटवार्ता गरेका छन् ।

Advertisement
NiccNicc

शुक्रबार उनले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्।

भेटवार्तामा तीनै नेतासँग निर्वाचनमा केन्द्रित रहेर छलफल भएकाे मन्त्री खरेलले जानकारी दिएका छन् ।

खरेलका अनुसार, कांग्रेस सभापति देउवाले आफूहरूको प्राथमिकता चुनाव नै भएको बताएका छन् । ‘नेपाली कांग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन भनेर स्पष्ट रूपमा उहाँले मसँगको कुराकानीमा बताउनु भएको छ। निर्वाचनको वातावरण बनाउनका लागि उहाँले सरकारसँग आग्रह गर्नुभएको छ। सुरक्षाको वातावरण बनाउनुपर्‍यो भन्ने चासो उहाँको रहेको छ। कांग्रेसको तर्फबाट निर्वाचन गर्नका लागि गर्नुपर्ने सम्पूर्ण सहयोग नेपाली कांग्रेसले गर्छ भन्ने कुरा उहाँको रहेको छ,’ उनले भने।

त्यस्तै एमाले अध्यक्ष ओलीले निर्वाचनको सुरक्षाबारे चासो राखेकाेउनले बताए । ‘केपी शर्मा ओलीले सुरक्षाको चासो राख्नुभएको छ । निर्भयताका साथ चुनावमा भाग लिने वातावरण बनाउनुपर्छ, त्यो बनाउन सरकारले थप गृहकार्य गर्नुपर्‍यो भन्नुभएको छ,’ खरेलले भने ।

भेटवार्तामा नेकपाका संयोजक प्रचण्डले निर्वाचनको विकल्प नभएको हुँदा फागुन २१ मै जसरी पनि निर्वाचन हुनुपर्ने बताएकाे मन्त्री खरेलले जानकारी दिए ।

राष्ट्रिय सहमति कायम गर्दै आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन वर्तमान सरकार क्रियाशील छ ।

प्रतिक्रिया