एमाले कार्यदलको पहिलो बैठक सकियो
कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता बनाउने विषयमा छलफल

काठमाडौं । नेकपा (एमाले) भित्रको विवाद समाधानको प्रयासका लागि गठन भएको कार्यदलको पहिलो बैठक सकिएको छ । सिंहदरबारमा मंगलबार भएको कार्यदलको बैठकमा कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता बनाउने विषयमा केन्द्रीत रहेर छलफल भएकाे कार्यदलमा माधव नेपाल पक्षका संयोजक रहेका भीम रावलले सञ्चारकर्मीलाई जानकारी दिए ।
एमालेमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल पक्षका विवाद मिलाउन आइतबार दुवै पक्षका ५/५ जना नेता रहेको कार्यदल गठन गरिएको थियो । कार्यदलको बैठक हिजो बस्ने भनिए पनि केही नेताहरुको अस्वस्थताका कारण बस्न सकेको थिएन । आज कार्यदलका सदस्यहरुका बीचमा पहिलो बैठक बसेको हो ।
‘पार्टी एकता र समझदारीलाई वृद्धि गर्न तथा एक-आपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने कामबाट अलग रहन पार्टी पंक्तिलाई आह्वान गर्ने निर्णय हामीले लिएका छौं,- कार्यदलको बैठकबाट बाहिरिँदै गर्दा माधव नेपाल पक्षका संयोजक रावलले सञ्चारकर्मीसँग भने । बैठक भोलि पुनः बस्ने तय भएको छ ।
कार्यदलको बैठकमा सहभागी अर्का एक नेताका अनुसार आजको बैठकमा मुख्यतः तीन विषयमा केन्द्रित रहेर छलफल भएका थिए । पहिलो–कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता बनाउने , दोस्रो– पार्टीभित्र देखिएका समस्यालाई यथोचित रूपमा समाधान गर्दै पार्टी पंक्तिलाई एकताबद्ध रूपमा अघि बढाउन कार्यदलले सबैसँग सहयोग र सद्भावका लागि आग्रह गर्ने र तेस्रो – पार्टी एकता र समझदारीलाई वृद्धि गर्न तथा एकआपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने कामकुराबाट अलग रहन पार्टी पंक्तिलाई आह्वान गर्ने ।
कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य तथा माधव नेपाल पक्षबाट रावलको संयोजकत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त सदस्य रहेका छन्।

















Over 1,500 election publicity items violating code of conduct removed
शेर मल्लले पहिलाे बलमै लिए इंग्ल्यान्डकाे विकेट
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
इंग्ल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल
विराटनगरमा अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न
आज कति छ सुनको भाउ ?
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया