कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि

काठमाडौं । नेपाली कांग्रेसले प्रथम राष्ट्रपति र बहालवाला राष्ट्रपतिका छोरा–छोरीलाई प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवार बनाएको छ ।
कांग्रेसले प्रथम राष्ट्रपति डा. रामवरण यादवका छोरा र हालका राष्ट्रपति रामचन्द्र पौडेलकी छोरीलाई समानुपातिकतर्फको उम्मेदवार बनाएको हो ।कांग्रेसले मंगलबार निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा प्रथम राष्ट्रपति यादवका छोरा डा. चन्द्रमोहन यादव र वर्तमान राष्ट्रपति पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलको नाम उल्लेख छ ।
कांग्रेसले केन्द्रीय सदस्य बलबहादुर केसीकी श्रीमती रिना उप्रेतीलाई पनि समाुनपातिकतर्फको उम्मेदवार बनाएको छ । बन्दसूचीमा नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोदप्रकाश कायस्थको नाम पनि समावेश छ ।
कांग्रेसले बन्दसूचीका लागि आयोगमा पेस गरेको ‘कभर लेटर’ मा पहिलो नम्बरमा सहमहामन्त्री भीष्मराज आङ्दम्बेको नाम उल्लेख गरिएको छ ।

















इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीसहित ३ जनाको मृत्यु
अस्ट्रेलियामा सामूहिक रुपमा नेपाली समुदायले मनाए होली
११ दल र एक हजार ८६५ उम्मेदवारले मात्र खोले बैंक खाता
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
प्रतिक्रिया