शुक्रबार, पुष १८, २०८२

राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता

मेरोन्यूज २०८२ पुष १६ गते १५:२६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच पार्टी एकता भएको छ ।

बुधबार राष्ट्रिय सभा गृहमा अयाोजित एकता घोषणा कार्यक्रममा दुवै पार्टीका अध्यक्षहरू राजेन्द्र लिङदेन र कमल थापाले संयुक्त रूपमा एकता घोषणापत्र सार्वजनिक गरे ।

पार्टीको नाम राप्रपा नै रहनेछ । पार्टीको केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन नै रहेका छन् भने पार्टीको विधान, झण्डा र चुनाव चिन्ह साविकको राष्ट्रिय प्रजातन्त्र पार्टीकै (हलो) कायम हुने सहमति भएको छ।

पुस ९ गते धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालयमा दुवै नेताले एकताको समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

२०७८ मंसिरमा सम्पन्न राप्रपाको महाधिवेशनमा थापा र लिङदेन अध्यक्षमा भिडेका थिए। जसमा थापा फराकिलो मतान्तरसहित पराजित भएका थिए । त्यसको केही समयमै थापाले राप्रपा परित्याग गरी राप्रपा नेपाल पार्टी खोलेका थिए। चार वर्षपछि दुवैनेता एक भएका हुन् ।

प्रतिक्रिया