फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल

काठमाडाैं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रबिधि मन्त्री जगदिश खरेलले फागुन २१ मा जसरी पनि निर्वाचन हुने बताएका छन् । भरतपुर बिमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले जसरी पनि भन्नाले राम्रो, निस्पक्ष र धादलीरहित ढङ्गबाट निर्वाचन हुने बताए ।
निर्वाचन हुने महत्वपूर्ण आधार भनेको निर्वाचन आयोगको काम भएको बताउँदै मन्त्री खरेलले भने, ‘आयोगले दुर्त गतिमा काम अघि बढाई रहेको छ । पछिल्लो आधार समानुपातीकको बन्द सूचीमा ६४ वटा भन्दा बढी दलले बन्द सूची बुझाई सकेका छन् ।’
१० लाख वढी नयाँ मतदाता मतदाता नामावलीमा दर्ता भई सकेको अबस्था रहेको भन्दै उनले सुरक्षा निकायमा नयाँ नेतृत्व आई सकेर प्रहरीको मनोबल उच्च भएको बताए ।
सरकारले निर्वाचनका लागि जनशक्तिसहित प्रयाप्त वजेट छुट्याई सकेको उनको भनाई छ । दलहरु जिल्ला जिल्लामा प्रचारमा लागेको भन्दै उनले भने, ‘पाटीका झण्डा देखेर मतदान दिनुस् भन्न थालिएको छ । प्रत्यक्ष तर्फको उम्मेदवार छनोटमा समेत दलहरु लागि सकेका छन् ।’
जनस्तरदेखि मिडियासम्म प्रश्नदेखि जवाफसम्म निर्वाचन केन्द्रित भईरहेकाले निर्वाचन नहुनेमा दुबिधा नभएको उनको भनाई थियो ।













ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा
रास्वपाको समानुपातिक बन्दसूचीबाट आसिफले लिए नाम फिर्ता, प्रत्यक्षमा लड्ने
61 days remaining for HoR elections: EC determines spending limit for candidates
काठमाडौँ महानगरले सुरु गर्याे एक सय ५० रुपैयाँमा वडाबाटै एक्स–रे सेवा
ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर गयाे भूकम्प
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया