विवेकशील साझाबाट आएका ७ जना रास्वपाकाे केन्द्रीय सदस्य मनोनित
मेरोन्यूज
२०८२ पुष २० गते १७:५९

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले ७ जना केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको छ।
विवेकशील साझाबाट समायोजनमा आएका समीक्षा बास्कोटासहित ७ जना नेताहरूलाई रास्वपाले केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय गरेको हो।
पार्टी समायोजन पश्चात् विवेकशील साझाबाट आएका अध्यक्ष बास्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार, महासचिव रञ्जु दर्शना, कार्यालय प्रमुख नवराज थापा, प्रवक्ता आशुतोष प्रधान, सुरज प्रधान, धनेज थापा केन्द्रीय सदस्य बनेका हुन्।
रास्वपा र विवेकशील साझाबीच मंसिर १४ गते एकता भएको थियो।
सम्बन्धित












चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
केपी ओलीको स्थानहद फुकुवा
भक्तपुर २ को उम्मेदवारमा एमाले सचिव महेश बस्नेत सर्वसम्मत सिफारिस
प्रतिक्रिया