अमेरिकी कारबाहीले भेनेजुएला सङ्कट गहिरिँदै, ईयूद्वारा संयम अपनाउन आग्रह

युरोपेली सङ्घ (ईयू) ले भेनेजुएलामा थप तनाव नबढोस् भन्नका लागि सबै पक्षलाई ‘शान्ति र संयम’ अपनाउन आग्रह गरेको छ । यो अपिल संयुक्त राज्य अमेरिकाले भेनेजुएलाविरुद्ध सैन्य कारबाही गरेपछि आएको हो ।
ईयूका उच्च प्रतिनिधिद्वारा जारी वक्तव्यमा अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसङ्घको बडापत्र ‘सबै अवस्थामा पालना हुनुपर्ने’ उल्लेख गरिएको छ । साथै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का सदस्य राष्ट्रहरूमाथि ती सिद्धान्तहरूको रक्षा गर्ने विशेष जिम्मेवारी रहेको पनि वक्तव्यमा भनिएको छ ।
युरोपेली बाह्य कार्य सेवा (ईईएएस) ले सार्वजनिक गरेको पाठअनुसार, हङ्गेरीबाहेक २६ ईयू सदस्य राष्ट्रहरूले उक्त वक्तव्यलाई समर्थन गरेका छन् ।
यसअघि शनिबार संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि ठूलो स्तरको आक्रमण गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ खातामा गरेको पोस्टअनुसार, उक्त कारबाहीका क्रममा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएर देशबाहिर लगिएको दाबी गरिएको छ ।
















व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रमा कर्मचारी जोखिममा
अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्पः ८ जनाको मृत्यु
यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया