हत्यामा संलग्न चार युवा पक्राउ

ओखलढुङ्गा । जिल्ला प्रहरी कार्यालयले श्रृङ्खलाबद्ध हत्यामा संलग्न भएको आरोपमा चार युवालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
गत असोजमा चार्खुमा भएको एकल महिलाको हत्या र यही महिना भदौरेमा भएको मगर दम्पत्तिको हत्याको आरोपमा प्रहरीले चिशङ्खुगढी गाउँपालिका–३, दियालेका २८ वर्षीय सङ्गम राई, सोई गाउँपालिका–४, रातमाटेका ३० वर्षीय विनोद राई, रातमाटेकै ३० वर्षीय प्रकाश भुजेल र सोइ गाउँपालिका–८, माम्खाका ३० वर्षीय अशोक भुजेललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
सिद्धिचरण नगरपालिका–४, चार्खुकी ५२ वर्षीया एकल महिला रत्नकुमारी कटवालको गत असोज २६ गते राति घरमै हत्या गरिएको थियो । हत्यामा संलग्नहरु गरगहना र नगदसमेत लुटेर फरार भएका थिए । यसैगरी चिशङ्खुगढी–६, भदौरेमा यही पुस १५ गते किराना पसल सञ्चालन गर्दै आएका ६० वर्षीय शोभितमान थापा मगर र उहाँकी श्रीमती ६० वर्षीया रत्नमाया थापामगरको हत्या गरिएको थियो । उनीहरुको हत्या गरी रु एक लाख, सुनको गहना दुई तोला लुटपाट गरी हत्यारा फरार भएका थिए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, कोशी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले हत्यामा संलग्नलाई पक्राउ गरेको हो ।












कस्तो रहला आज दिनभरकाे मौसम ?
चालिस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री वितरण नगर्न विभागको निर्देशन
पुस २५ गते शुक्रवारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया