सामाजिक सद्भाव कायम राख्न सरकारलाई मानवअधिकार आयोगको निर्देशन

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले साम्प्रदायिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक हिंसा भड्किन सक्ने सम्भावित घटनालाई रोकी सामाजिक सद्भाव कायम राख्न सरकारलाई निर्देशन दिएको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा साम्प्रदायिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक हिंसा भड्किन सक्ने सम्भावित घटना रोक्नका लागि संयमित भई कार्य गर्न र घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन आयोग नेपाल सरकारलाई निर्देशन दिइएको छ ।
“व्यक्तिको मानमर्यादा, प्रतिष्ठा र सामाजिक तथा सांस्कृतिक ऐक्यबद्धताको सम्मान गर्दै विचार तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्न, घटनाको गाम्भीर्यताप्रति संवेदनशील हुँदै संयमता अपनाउन, सामाजिक सद्भाव कायम राख्न, धार्मिक सामाजिक सद्भाव कायम हुने क्रियाकलाप र गतिविधि गर्न आयोग राजनीतिक दल, धार्मिक सङ्घसंस्था, धर्म गुरु, धार्मिक एवं सामाजिक अभियन्ता तथा नागरिक समाजलाई अनुरोध गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “साथै, एकापसमा देखिएका विमतिहरूको समाधान वार्ताको माध्यमबाट खोज्नसमेत आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ ।”













निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमुखिकरण सुरु
बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
सुनचाँदीको मूल्य हालसम्मकै उच्च
थारू समुदाय माघीका लागि ढिक्री बनाउन व्यस्त
सासूको उत्प्रेरणाले ‘मिनिल्याप’ गराउँदै बुहारीहरू
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
प्रतिक्रिया