महोत्तरीमा थपिए ३७ मतदान केन्द्र

जलेश्वर (महोत्तरी) । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरीमा ३७ वटा मतदान केन्द्र थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा २५८ वटा मतदानस्थल तोकिएका छन् ।
जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा ५३६ वटा मतदान केन्द्र कायम गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि जिल्लामा ४९९ वटा मतदान केन्द्र रहेकामा ३७ थप गरी ५३६ पुर्याइएको हो ।
चार वटा निर्वाचन क्षेत्र रहेको महोत्तरीको निर्वाचन क्षेत्र नं १ मा ५९ वटा मतदानस्थल र १३० वटा मतदान केन्द्र कायम भएका छन् । त्यस्तै निर्वाचन क्षेत्र नं २ मा ६२ मतदानस्थल र १३३ वटा मतदान केन्द्र कायम गरिएको झाले उल्लेख गरे ।
निर्वाचन क्षेत्र नं ३ मा ७७ मतदानस्थल र १४२ वटा मतदान केन्द्र कायम गरिएको छ भने निर्वाचन क्षेत्र नं ४ मा ६० मतदानस्थल र १३१ वटा मतदान केन्द्र कायम गरिएको निर्वाचन अधिकारी झाले बताए । उनका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाबाट चार लाख ३१ हजार २८२ जना मतदाताले मतदान गर्नेछन् ।













बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
निर्वाचन आउन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
ओखलढुंगाबाट ईश्वर पोखरेलसहित एमालेका ५ उम्मेदवार सिफारिस
प्रतिक्रिया