साउनयता ९ गैँडा मरे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौवटा गैँडा मरेका छन् । निकुञ्ज क्षेत्र र मध्यवर्ती सामुदायिक वन क्षेत्र एवं आसपासमा ती गैँडा मरेका हुन् ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार साउनयता पाँचवटा भाले र तीनवटा पोथी गैँडा मरेका हुन् । एउटाको लिंग पहिचान हुन नसकेको उनले जानकारी दिए ।
मरेका गैँडामध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो । अन्य सबै प्राकृतिक कारणले मरेका उनको भनाइ छ ।
पछिल्लोपटक पुस २२ गते एउटा भाले गैँडा मरेको जनाउँदै मगरले कुमरोज मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ३५ वर्षको भाले गैँडा मृत भेटिएको बताए । “यो गैँडा जुधेर मरेको अनुमान गरिएको छ । गैँडाको खाग, खुर सुरक्षित अवस्थामा थियो”, उनले भने ।
हरेक वर्ष गैँडा विभिन्न कारणले मर्ने गरेकामा प्राकृतिक रूपमा, विद्युतीय करेन्ट लागेर तथा एकापसमा जुधेर, दलदलमा फसेरलगायत प्रमुख कारणले मर्ने गरेका निकुञ्जका सूचना अधिकारी मगरले जानकारी दिए । उनका अनुसार यस निकुञ्जमा पछिल्लो गणनाअनुसार ६९४ वटा गैँडा छन् ।













टिचिङ अस्पतालले बन्द गर्यो स्वास्थ्य बीमा कार्यक्रम
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
निर्वाचन आचारसंहिता कार्यान्वयनमा शून्य सहनशीलता अपनाइन्छ : प्रमुख निर्वाचन आयुक्त भण्डारी
शिक्षासेवी श्रेष्ठ भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा निर्वाचित
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
प्रतिक्रिया