राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता

सुदूरपश्चिम।राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट आज चार जनाले आ–आफ्नो उम्मेदवारीको मनोनयन पत्र दर्ता गराएका छन् ।।
धनगढीस्थित प्रदेश निर्वाचन कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रत्याशीहरूले मनोनयन दर्ता गराएका हुन् ।
प्रदेशबाट रिक्त हुन लागेको राष्ट्रियसभा सदस्यको एक पुरुषको कोटा(अन्य समूह) तर्फ नेपाली कांग्रेसका खम्महादुर खाती र नेपाली कम्युनिष्ट पार्टीका टीकारा जैशीले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयका प्रेमराज भट्टले जानकारी दिए ।
यस्तै, रिक्त हुन लागेको एक महिला कोटाका लागि नेकपा(एमाले)की लीलाकुमारी भण्डारी र नेपाली कम्युनिष्ट पार्टीकी रोजी बस्नेतले उम्मेदवारीको मनोनयन दर्ता गराएकी हुन् । नेपाली कांग्रेस र नेकपा एमालेले संयुक्त रुपमा र नेपाली कम्युनिष्ट पार्टीले एकल रुपमा उम्मेदवारीको मनोनयन दर्ता गराएको हो ।
यो प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दुई सदस्य (एक महिला एक पुरुष)को पदावधि सकिन लागेको छ । यही पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाश गर्ने, पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र माघ ११ गते मतदान गर्ने निर्वाचन कार्यतालिका छ ।

















‘निर्विघ्न रूपमा निर्वाचन सम्पन्न गराउन सबैको सहयोग अपरिहार्य छ’:डा जानकीकुमारी तुलाधर
खामेनीको मृत्युले विश्व तरंगित
कतारस्थित नेपाली दूतावासद्वारा सुरक्षाका निर्देशन पालना गर्न आग्रह
नबिल निःशुल्क जलन उपचार शिविर सम्पन्न, ६५ बिरामीको उपचार
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
जापानमा वृद्ध व्यक्ति भित्तेचित्र कोरेको आरोपमा पक्राउ
प्रतिक्रिया