कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष केन्द्रीय महाधिवेशन आव्हान गरेका छन्। उनीहरुले आज संयुक्त विज्ञप्तिमार्फत कांग्रेसको विधानअनुसारको व्यवस्था उल्लेख गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले दर्ता गराई यही पुस २७ र २८ गते तय भएको विशेष महाधिवेशन कानुनी र राजनीतिक रुपमा अपरिहार्य र बाध्यकारी बनेको उल्लेख गरेका छन् ।
यस परिस्थितिमा पार्टी विधानको धारा १७ उपधारा (२) बमोजिम विशेष महाधिवेशन आह्वान गर्न दुई हजार ४८८ जना (५४.५८ प्रतिशत) महाधिवेशन प्रतिनिधिहरूले विशेष कारणसहित निवेदन दर्ता गरेको अवस्थामा त्यसको तीन महिनाभित्र विशेष महाधिवेशन सम्पन्न गर्नु केन्द्रको कार्यसम्पादन र जिम्मेवारीको विषय भएको विज्ञप्तिमा उल्लेख छ ।
केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन बोलाउनु उपयुक्त हुन्छ भनेर आफूहरुले अधिकतम प्रयास गरेको तर केन्द्रीय कार्यसमितिबाट त्यो सम्भव हुन नसकेको उनीहरुको भनाइ छ । “बहुमत महाधिवेशन प्रतिनिधिहरुद्वारा गरिएको विशेष महाधिवेशनको मागप्रति हाम्रो ऐक्यबद्धता रहेको छ ।
पुस २८ गतेभित्र विशेष महाधिवेशन गर्नका लागि हस्ताक्षरकर्ता महाधिवेशन प्रतिनिधिकोतर्फबाट भएको प्रयास महाधिवेशन प्रतिनिधिको वैधानिक अधिकार हो”, विज्ञप्तिमा भनिएको छ । महामन्त्रीद्वय थापा र शर्माले विधानको धारा ३(१२) तथा धारा २७ (१) समेतको व्यवस्थालाई आत्मसात् गर्दै कांग्रेसको विधानको धारा १७ (२) अनुसार यही पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा हुन गइरहेको विशेष महाधिवेशनमा सहभागी भई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरेका छ ।
साथै उहाँहरुले विशेष महाधिवेशन ‘बदलिएको समयको कांग्रेसका लागि, बदल्नुपर्ने देशका लागि’ हो, भन्दै आफूहरु पार्टीमा नयाँ ऊर्जा भर्न दृढ सङ्कल्पित रहेको उल्लेख गरेका छन् । जस्तोसुकै कठिन अवस्थामा पनि पार्टीलाई एकढिक्का राख्न आफूहरु कटिबद्ध एवं प्रतिबद्ध रहेको उनीहरुको भनाइ छ ।
















वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया