विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल

काठमाडौं । नेपाली कांग्रेस बाराले जिल्लाका नेता–कार्यकर्ताहरूलाई विशेष महाधिवेशनमा सहभागी नहुन अपिल गरेको छ ।
जिल्ला सभापति राजेश राय यादवले काठमाडौंमा हुन गइरहेको विशेष महाधिवेशनमा सहभागी नहुन विज्ञप्तिमार्फत् अपिल गरेका हुन् ।
पार्टीको विद्यानमा व्यवस्था भएबमोजिम केन्द्रको महाधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रुपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभएर केवल पार्टी केन्द्रीय कार्यसमितिलाई मात्र रहेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
जिल्ला सभापति यादवले ११ माघमा हुने राष्ट्रियसभा सदस्य तथा २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य चुनावमा पार्टीको प्रतिष्ठा र हितलाई ध्यानमा राखेर उम्मेदवारहरूलाई विजयी गराउने अभियानमा अझ सशक्त रुपमा लाग्न अनुरोध गरेका छन् ।
पदाधिकारीहरूले व्यक्तिगत रुपमा बोलाइएको महाधिवेशन वा विशेष महाधिवेशनको नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विद्यानविपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन यस जिल्लाका पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरू, महासमितिहरू, महाधिवेशन प्रतिनिधिहरू, भ्रातृ एवं शुभेच्छुक संस्था पदाधिकारी तथा सदस्यहरूलाई नेपाली कांग्रेस बारा हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
















वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया