विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल

काठमाडौं । नेपाली कांग्रेस बाराले जिल्लाका नेता–कार्यकर्ताहरूलाई विशेष महाधिवेशनमा सहभागी नहुन अपिल गरेको छ ।
जिल्ला सभापति राजेश राय यादवले काठमाडौंमा हुन गइरहेको विशेष महाधिवेशनमा सहभागी नहुन विज्ञप्तिमार्फत् अपिल गरेका हुन् ।
पार्टीको विद्यानमा व्यवस्था भएबमोजिम केन्द्रको महाधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रुपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभएर केवल पार्टी केन्द्रीय कार्यसमितिलाई मात्र रहेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
जिल्ला सभापति यादवले ११ माघमा हुने राष्ट्रियसभा सदस्य तथा २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य चुनावमा पार्टीको प्रतिष्ठा र हितलाई ध्यानमा राखेर उम्मेदवारहरूलाई विजयी गराउने अभियानमा अझ सशक्त रुपमा लाग्न अनुरोध गरेका छन् ।
पदाधिकारीहरूले व्यक्तिगत रुपमा बोलाइएको महाधिवेशन वा विशेष महाधिवेशनको नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विद्यानविपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन यस जिल्लाका पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरू, महासमितिहरू, महाधिवेशन प्रतिनिधिहरू, भ्रातृ एवं शुभेच्छुक संस्था पदाधिकारी तथा सदस्यहरूलाई नेपाली कांग्रेस बारा हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।













बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रतिक्रिया