आइतबार, पुष २७, २०८२

खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका नजाने

मेरोन्यूज २०८२ पुष २५ गते १७:१७

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका नजाने भएका छन्। ।

भिसालगायतका प्रक्रियाका लागि समयलाग्ने भएपछि भ्रमणमा नजाने तय भएकाे मन्त्री गुप्ताको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद्बाट अनुमति ढिलो आएको र भ्रमणका लागि आवश्यक तयारी नभएकाले यसलाई भ्रमण रद्द नभई तय नै नभएको कार्यक्रमका रूपमा बुझ्नुपर्ने सचिवालयले स्पष्ट पारेको छ ।

मन्त्रिपरिषदले अमेरिकामा हुने ‘रोल अफ युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोलुसन’ सम्बन्धी कार्यक्रममा सहभागी हुन मन्त्री गुप्तालाई स्वीकृति प्रदान गरेको थियो । उनी अमेरिका भ्रमणमा जाने विषयलाई लिएर विभिन्न कोणबाट टिकाटिप्पणी हुन थालेका थिए ।

प्रतिक्रिया