सुनसरीमा जङ्गली हात्तीको आक्रमणबाट दुई जना घाइते

धरान (सुनसरी) । सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहास्थित कालिन्द्र सामुदायिक वनमा जङ्गली हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख केशवकुमार थेबेका अनुसार आज दिउँसो बराहक्षेत्र-३ का ७२ वर्षीया मैया विक घाँस काट्न जङ्गलमा जाने क्रममा जङ्गली हात्तीले आक्रमण गर्दा गम्भीर घाइते हुनुभएको छ ।
त्यस्तै, आजै दिउँसो बराहक्षेत्र-३ का ३४ वर्षीया पूजन विक जङ्गलबाट घाँस काटेर फर्किने क्रममा हात्तीको आक्रमणमा परी गम्भीर घाइने हुनुभएको उहाँले जानकारी दिनुभयो । पूजनलाई नडाहा–धरान रोडमा हात्तीले आक्रमण गरेको बताउँदै उहाँको निधार, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरी प्रमुख थेबेले उल्लेख गरे ।
प्रहरी प्रमुख थेबेका अनुसार घाइते दुवैलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक दिवस कुँवरको कमाण्डमा खटिएको टोलीले उद्धार गरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुर्याएसँगै उपचार भइरहेको छ ।
प्रहरीका अनुसार हात्ती अझै बराहक्षेत्र-३, कालिन्द्र सामुदायिक वन क्षेत्रमा रहेका छन् । यसैबीच, जिल्ला प्रहरी कार्यालय र स्थानीय प्रशासनले स्थानीयलाई हात्तीबाट सुरक्षा अपनाउन सचेत गराउने तथा घटनास्थलमा सतर्कता कायम गर्न आग्रह गरेको छ । गए राति करिब ११ः४५ बजे धरान-१९ स्थित हरियाली सामुदायिक वनमा जङ्गली हात्ती देखापरेको थियो ।













बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रतिक्रिया