धनुषामा झडप हुँदा १२ जना घाइते

महेन्द्रनगर (धनुषा)। धनुषामा ऐलानी जग्गाको विषयमा भएको झडपमा १२ जना घाइते भएका छन् । जिल्लाको मिथिला नगरपालिका-२ नक्टाझिज सुखजोरमा रहेको सतलोक आश्रमले ऐलानी जग्गा हड्पेको भन्दै जग्गा खाली गराउन गएका स्थानीय र आश्रमका प्रतिनिधिबीच झडप हुँदा १२ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रुगमबहादुर कुँवरका अनुसार झडपमा घाइते भएका सबैलाई प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका लागि लगिएको छ । स्थानीय सुनिल परियार, विक्रम परियारसहित अधिकांशको टाउकोमा चोट लागेको उनले बताए । स्थानीय प्रदर्शनकारीले आश्रमबाट निस्केको एम्बुलेन्समाथि तोडफोड गरेपछि सम्भावित दुर्घटना हुन नदिन र अवस्था नियन्त्रणमा लिन प्रहरीले छ सेल अश्रुग्याससमेत प्रहार गरेको प्रहरी प्रमुख कुँवरले बताए ।
यसैबीच, दुई पक्षबीच भएको झडपका कारण अवरुद्ध बनेको ढल्केवर–जनकपुर सडकखण्डलाई प्रहरीको सक्रियतामा सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमको नेतृत्वमा खटिएको टोलीले जग्गा तथा आश्रमको वास्तविकताबारे अध्ययन गरिरहेको छ । उहाँका अनुसार विवाद उग्र बन्दा दुवै पक्षबीच ढुङ्गा हानाहानको स्थिति पैदा भएको थियो ।












मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते
एसबीआई बैंक लुटपाट मा संलग्न ४ जना पक्राउ
मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बदली
50 days to HoR elections: 175 candidates withdraw from PR closed list
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया