झण्डै ८ हजार जना कोरोनाबाट निको भई घर फर्किए
मेरोन्यूज
२०७८ जेठ ५ गते १६:४४

काठमाडौँ । पछिल्ला २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ७ हजार ९८९ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर उक्त संख्यामा कोरोनाबाट निको भएका हुन् ।
यसैगरी सोही अवधिमा देशभर थप ८ हजार १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर विधिबाट ८ हजार ०६४ र एन्टिजेन विधिबाट १०९ गरी कूल ८ हजार १७३ जना संक्रमित भेटिएका हुन् ।
मन्त्रालयका अनुसार सोही अवधिमा संक्रमणबाट थप २४६ जनाको निधन भएको छ ।
सम्बन्धित
प्रतिक्रिया