सुदूरपश्चिममा निर्वाचन प्रहरीमा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर। पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका लागि चार हजार ५०० जनाले आवेदन दिएका छन् । प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रले सबैभन्दा बढी कैलाली र कञ्चनपुरमा निर्वाचन प्रहरीका लागि आवेदन परेका जानकारी दिए ।
प्रदेश प्रहरीका अनुसार कैलालीमा दुई हजार ९४ जना, कञ्चनपुरमा ८३४ तथा सबैसभन्दा कम डोटीमा १९० जनाले आवेदन दिएका छन् । आगामी माघ १ गतेसम्मका लागि आह्वान गरिएको निवेदन दर्ता आज पनि सुदूरपश्चिमभरिका जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलका गण तथा गुल्ममा जारी छ । निर्वाचन प्रहरीमा भूतपूर्व सुरक्षाकर्मी, युवा, महिलाको सहभागिता बढिरहेको प्रहरी उपरीक्षक मिश्रले बताए ।
“आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन केन्द्रीत सुरक्षा योजना तयारीमा प्रदेश प्रहरी कार्यालय जुटेको छ । प्रदेशस्तरीय कमाण्ड पोष्ट पनि स्थापनामा तयारी छ”, प्रहरी उपरीक्षक मिश्रले भने, “भयरहित वातावरणमा आसन्न निर्वाचन गराउन सुरक्षा संयन्त्रले आवश्यक गृहकार्य गरिरहेका छन् ।”
प्रदेश निर्वाचन कार्यालय धनगढीले सुदूरपश्चिमका नौ वटै जिल्लामा नयाँ थपिएका मतदातासमेत गरेर कूल १७ लाख १६ हजार ६६० मतदाता रहेका जनाएको छ । सुदूरपश्चिममा प्रतिनिधिसभाका लागि १६ वटा निर्वाचन क्षेत्र छन् ।












Nonagenarian man constructs water facility in Bhojpur school
51 days to go for HoR Polls: 85 candidates withdraw names from PR closed list
देशभर पश्चिमी वायुको प्रभाव कायमै, काठमाडौँमा बिहानीको तापक्रम ३ डिग्री सेल्सियस
आज नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यले शपथ लिँदै
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
यस्तो छ एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले गरेको सातबुँदे सम्बोधन (पूर्ण पाठ)
प्रतिक्रिया