थाइल्याण्डमा गुडिरहेको रेलमा क्रेन खस्दा २२ जनाको मृत्यु

थाइल्यान्डमा उच्च गतिको रेल परियोजना अन्तरगतको रेल बुधबार एउटा क्रेन खस्किएर लिगबाट खसेर दुर्घटनाग्रस्त हुदाँ कम्तीमा २२ जनाको मृत्यु हुनुका साथै धेरै घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
एएफपीले सार्वजनिक गरेको भिडियो फुटेजमा रेलको क्षेतिग्रस्त संरचना विशाल कन्क्रीटका खम्बाहरूमा रहेको र तल रेलको भग्नावशेषबाट धुवाँ उडेको देखाइएको छ ।
उद्धारकर्ताहरूले राजधानी बैङ्कको उत्तरपूर्वमा रहेको नाखोन रत्चासिमा प्रान्तमा दुर्घटनाग्रस्त रेलबाट यात्रुहरू निकाल्ने काम गरेको जनाइएको छ ।
जिल्ला प्रहरी प्रमुख थाचापोन चिन्नावोङलाई उदृत गर्दै एएफपीले दुर्घटनामा २२ जनाको मृत्यु हुनुका साथै ८० जना घाइते भएको जनाएको छ ।
चिनको ५.४ अर्ब डलरको सहयोगमा थाइल्यान्डमा निर्माण गरिएको उच्च गतिको रेल परियोजनामा निर्माण स्थलमा दुर्घटना भएको जनाइएको छ ।
चीनको विशाल “बेल्ट एन्ड रोड“ पूर्वाधारको एक हिस्साको रूपमा यस परियोजनालाई सन् २०२८ सम्ममा लाओस हुँदै बैंककलाई चीनको कुनमिङसँग जोड्ने लक्ष्य राखिएको छ ।
रेलको एउटा क्रेन रेलको लिगबाट निस्केर खस्दा दुर्घटना भई आगलागी समेत भएको नाखोन रत्चासिमाको प्रान्तीय जनसम्पर्क विभागले विज्ञप्ति मार्फत जनाएको छ ।
स्थानीय मिडियाले प्रसारण गरेको प्रत्यक्ष फुटेजमा उद्धारकर्मीहरू घटनास्थलमा हतार– हतारमा उद्धार गरिरहेको देखिएको छ भने भग्नावशेषबाट धुवाँ निस्किँरहेको र रेलको लिग बाट एउटा बट्टा झरेको देखिन्छ ।
प्रहरी प्रमुख थाचापोनले अधिकारीहरूले घटनास्थलमा “रासायनिक चुहावट“ का कारण उद्धार कार्य रोकेको पुष्टि गर्नु भएको छ ।
रेल बैंककबाट उबोन रत्चथानी प्रान्ततर्फ गइरहेको अवस्थामा दुर्घटना भएको नाखोन रत्चासिमाको प्रान्तीय विभागले जनाएको छ ।
यातायात मन्त्री फिपट रत्चाकितप्रकरणले रेलमा १९५ जना सवार रहेको पुष्टि गर्दै मृतकको पहिचान गर्न अधिकारीहरू निरन्तर लागिरहेको बताउनु भएको छ । उहाँले दुर्घटनाको कारण पत्ता लगाउन अधिकारीहरूलाई आदेश दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
निर्माणधिन ६०० किलोमिटरको उच्च गतिको रेल परियोजना पूरा भएपछि रेलहरू लाओससँगको मेकोंग नदीको सिमानामा रहेको बैंककबाट नोङ खाईसम्म २५० किलोमिटर प्रति घण्टासम्म चल्नेछ ।
यस अघि सन् २०२३ मा, पूर्वी थाइल्यान्डमा रेल ट्रयाक पार गर्ने पिक अप ट्रकमा ठोक्किए पछि मालवाहक रेलले आठ जनाको ज्यान लिएको थियो ।
सन् २०२० मा धार्मिक समारोहमा यात्रु बोकेको बसमा दुर्घटना हुँदा मालवाहक रेलमा कम्तीमा १८ जनाको मृत्यु भएको थियो भने ४० जना भन्दा बढी घाइते भएका थिए ।
















काठमाडाैं उपत्यकामा हावाहुरीसहित वर्षा
मध्यपूर्व युद्ध सुरु भएयता इरानद्वारा २१ जनालाई मृत्युदण्ड, ४ हजारलाई पक्राउ
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
ओमानसँग नेपाल १०२ रनले पराजित
पर्वतको लुङ्खु – हुवास सडक कालोपत्र सम्पन्न
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया