नेपालसहित ७५ देशलाई आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने अमेरिकाको घोषणा

अमेरिकाले यही जनवरी २१ (माघ ७) देखि नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा प्रक्रिया रोक्ने निर्णय गरेको छ।
फक्स न्युजका अनुसार, यो निर्णय अमेरिकी विदेश मन्त्रालयको ज्ञापनपत्रका आधारमा गरिएको हो। यसको उद्देश्य अमेरिका आउने विदेशीको संख्या घटाउनु हो।आप्रवासी भिसा भनेको अमेरिकामा स्थायी बसोबास गर्ने प्रयोजनका लागि दिइने लामो समयको भिसा हो।
अमेरिकाको विदेश मन्त्रालयले अब अमेरिका आउने र सरकारी सहायता वा कल्याणकारी योजनामा निर्भर भएको आशंका गरिएका व्यक्तिलाई भिसा अस्वीकार गर्न कानुनी शक्ति प्रयोग गर्ने बताएको छ।अमेरिकी दूतावास र कन्सुलर अधिकारीहरूलाई जाँच र प्रमाणीकरण प्रक्रियाको पुन: समीक्षा नभएसम्म भिसा आवेदन अस्वीकार गर्न निर्देशन दिइएको छ। यो स्थगन कति समयसम्म रहनेछ भन्नेबारे कुनै जानकारी दिइएको छैन।
अमेरिकाले आप्रवासी भिसा प्रक्रिया रोकिने ७५ मुलुकमा एसियाली महादेशका नेपालसहित २२ देश पनि परेका हुन्।
७५ देशहरुको सूचीः
१. अफगानिस्तान, २.अल्बानिया, ३.अल्जेरिया, ४.एन्टिगुवा र बारबुडा, ५.अर्मेनिया, ६.अजरबैजान, ७. बहामास, ८. बंगलादेश, ९. बार्बाडोस, १०. बेलारुस
११. बेलिज, १२. भुटान, १३. बोस्निया, १४. ब्राजिल, १५. बर्मा (म्यानमार), १६. कम्बोडिया, १७. क्यामरुन, १८. केप भर्डे, १९. कोलम्बिया, २०. कंगो
२१. क्युबा, २२. डोमिनिका, २३. इजिप्ट, २४. एरिट्रिया, २५. इथियोपिया, २६. फिजी, २७. गाम्बिया, २८. जर्जिया, २९. घाना, ३०. ग्रेनाडा
३१. ग्वाटेमाला, ३२. गिनी, ३३. हाइटी, ३४. इरान, ३५. इराक, ३६. आइभोरी कोस्ट, ३७. जमैका, ३८. जोर्डन, ३९. काजाकिस्तान, ४०. कोसोभो
४१. कुवेत, ४२. किर्गिस्तान, ४३. लाओस, ४४. लेबनान, ४५. लाइबेरिया, ४६. लिबिया, ४७. म्यासेडोनिया, ४८. मोल्डोभा, ४९. मंगोलिया, ५०. मोन्टेनेग्रो
५१. मोरक्को, ५२. नेपाल, ५३. निकारागुआ, ५४. नाइजेरिया, ५५. पाकिस्तान, ५६. गणतन्त्र कंगो, ५७. रुस, ५८. रुवाण्डा, ५९. सेन्ट किट्स र नेभिस, ६०. सेन्ट लुसिया
६१. सेन्ट भिन्सेन्ट र ग्रेनाडिन्स, ६२. सेनेगल, ६३. सियरा लियोन, ६४. सोमालिया, ६५. दक्षिण सुडान, ६६. सुडान, ६७. सिरिया, ६८. तान्जानिया, ६९. थाइल्याण्ड, ७०. टोगो
७१. ट्युनिसिया, ७२. युगान्डा, ७३. उरुग्वे, ७४. उज्वेकिस्तान र ७५. यमन
















‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन
मदिरा पिएर सडकमा निस्किएका ९ चालक कारबाहीमा
इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रतिक्रिया