अदालतको आदेशपछि चिकित्सक संघको निर्वाचन स्थगित
मेरोन्यूज
२०८२ माघ २ गते १२:५४

काठमाडौं । नेपाल चिकित्सक संघको निर्वाचन स्थगित भएको छ । संघले आज एक विज्ञप्ति जारी गरी पाटन उच्च अदालतबाट जारी भएको अन्तरिम आदेशलाई समेत मध्यनजर गर्दै पूर्वनिधारित तालिकाअनुसार तय गरिएको निर्वाचन कार्यक्रम स्थगित गरिएको जनाएको हो ।
प्रमुख निर्वाचन अधिकृत डा. प्रणयरत्न शाक्यले यस सम्बन्धमा निर्वाचन समितिबाट यथाशीघ्र अर्को सूचना जारी गरी निर्वाचन कार्यक्रमसम्बन्धी नयाँ तालिका सार्वजनिक गरिने बताए ।
सङ्घको निर्वाचन काठमाडौँ उपत्यका बाहिर माघ २ र ३ गते हुने भनिएको थियो भने काठमाडौंँ उपत्यकाभित्र माघ १५, १६ र १७ मा हुने गरी निधारित गरिएको थियो ।
केही समयअघि डा अजयकुमार मिश्रले दायर गरेको रिटमा पाटन उच्च अदालतले यथास्थितिमा निर्वाचन नगर्न अन्तिम आदेश जारी गरेको थियो ।
सम्बन्धित

















मध्यपूर्व युद्धले भारतको ग्यास आपूर्ति जोखिममा
टिकटकर रतन कार्की प्रहरीको नियन्त्रणमा
निर्वाचनकाे दिन कतै पनि वर्षा नहुने
राष्ट्रिय सुरक्षा परिषदको बैठक जारी
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया