कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले देश संकटमा परेको बेलामा नेपाली कांग्रेसको विभाजन हुनु दुखद् भएको बताएका छन्।
शुक्रबार राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रममा बोल्दै उनले देशका लागि लड्नुपर्ने बेलामा अनावश्यक लडाइँ गरेर पार्टी फुटाइएको अभिव्यक्ति दिए । ‘नेपाली कांग्रेस विभाजनको स्थितिमा पुग्नु लोकतन्त्रका लागि दुखद् हो। कांग्रेसका नेताहरू जानिबुझीकन किन यस्तो गरिरहेका छन् म आश्चर्यचकित छु। यस्तो बेलामा देशको लागि लड्नुपर्छ, तर कांग्रेस अनावश्यक लडाइँ गरेर पार्टी फुटाउने अवस्थामा पुगेको छ। कसले गराइरहेको छ यी काम?’ उनले भने ।
ओलीले कांग्रेसले नियमित महाधिवेशन नगरी विशेष महाधिवेशन किन गरेको हाे भन्दै प्रश्न गरे । ‘चार–पाँच वर्ष कति हो कार्यकाल, नियमित महाधिवेशनको मिति तोकिएको थियो। बैठक कसले बोलाउने भन्ने पनि तय होला नि? बैठक कसले बोलाउँछ, महाधिवेशन कसले बोलाउँछ? बहुमत र अल्पमत टुङ्ग्याउने पनि तय होला। कसैले सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ?’ उनले भने ।
















प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता
मेक्सिकोमा हराएका एक लाख ३० हजार मध्ये करिब ४० हजार अझै जीवित
Hetauda Cement Industry resumes clinker production
प्रहरी घेरा ताेडेर सिंहदरबार गेटमा पुगे एमालेका कार्यकर्ता
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
प्रतिक्रिया