हर्क साम्पाङले दिए धरानको मेयरबाट राजीनामा
मेरोन्यूज
२०८२ माघ ४ गते १९:१३

विराटनगर । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन् ।
उनले आइतबारको कार्यपालिका बैठकमा उपप्रमुख अइन्द्रबिक्रम बेघालाई राजीनामा बुझाएका हुन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिन साम्पाङले पद त्यागेका हुन् ।
राजीनामा पत्रमा उनले भनेका छन्, ‘यही २०८२/११/२१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार हुनका लागि संविधानको धारा २१६ को उपधारा ८ (क) बमोजिम नगरप्रमुखको पदबाट राजीनामा दिएको छु।’
आजै काठमाडौंका मेयर बालेन शाहले पनि राजीनामा दिएका थिए ।
सम्बन्धित














पर्सामा एक सय ६७ मतदानस्थल कायम
सुरक्षा निकायका टोलीद्वारा मतदानस्थलको अनुगमन
नेपाल प्रहरीका ८ डीआईजीको सरुवा
जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी
माघ शुक्ल प्रतिपदा : आज हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया