माओवादी केन्द्र कपिलवस्तुका नेतामाथि गोली प्रहार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका जिल्ला नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ ।
बुधबार राति मोटरसाईकलमा सवार पाण्डे र भारतीय नागरिक ईयाज अख्तार मुसलमानमाथि अज्ञात समूहले गोली प्रहार गरेको जनाइएको छ ।
तौलिहवा जीतपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा पाण्डेमाथि अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । गोली किन र कसले हान्यो भन्ने अझै खुल्न सकेको छैन ।
प्रहरीका अनुसार नेता पाण्डेको पेट र बायाँतिरको कम्मरको हड्डीमा दुई वटा गोली लागेको र पाण्डेसँगै मोटरसाइकलमा सवार मुलसमानको पाखुरामा गोली लागेको छ ।
तौलिहवातर्फ जाँदै गरेका पाण्डेलाई एउटा मोटरसाइकलमा आएका तीन जनाको समूहले मोटरसाइकल रोकेर गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
गोली लागेर घाइते भएका उनीहरुको कपिलवस्तुमा उपचार हुन नसकेपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेज लगिएको कपिलवस्तु प्रहरीले जनाएको छ ।
















कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको ४८ घण्टे अल्टिमेटम इरानद्वारा अस्वीकार
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजबाट सुनुवाइ हुने
रोकिएको किसान सूचीकरण पुनः सुरु
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया