एमालेका प्रभावशाली नेता यादवको कोरोना संक्रमणबाट निधन

जनकपुर । नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पूर्व सांसद योगनारायण यादवको कोरोना संक्रणबाट विहीवार विहान मृत्यु भएको छ ।
काठमाडौंको मेडिसिटी अस्पतालमा गत दुई सातादेखि उपचारार्थ भर्ना भएका यादवको आज विहान मृत्यु भएको एमाले धनुषाका इन्चार्ज रामचन्द्र मण्डलले जानकारी दिएका छन् ।
५४ वर्षिय यादव पूर्वी धनुषाको सवैला गाउँका स्थायीवासी हुन् । बाल्यकालदेखि नै कम्युनिष्ट राजनीतिमा लागेका यादव २०५६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसकी वरीष्ट नेता लीला कोइरालालाई पराजित गरी पहिलो पटक सांसद निर्वाचित भएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र मानिएका यादव डायभिडिजका दीर्घरोगी थिए भने एक वर्षदेखि मृगौला रोगबाट समेत ग्रसित थिए । उनको नियमित डायलासिस हुँदै आएको थियो । दुई महिना पूर्व उनको हृदयको पाईपास सर्जरी गरिएको थियो ।
मृगौला प्रत्यारोपणको अन्तिम तयारीमा रहेको बेला उनलाई कोरोना संक्रमण भएको थियो । उपचारार्थ मेडिसिटीमा भर्ना भएका यादव गत चार दिनदेखि भेन्टिलेटरमा राखिएको थियो ।
पूर्वी धनुषामा अत्यन्तै लोकप्रिय मानिएका यादव तथा माओवादी केन्द्रका नेता पूर्वमन्त्री मातृकाप्रसाद यादव बीच तिव्र राजनीतिक प्रतिष्पर्धा थियो ।















Driver killed in road accident
25 days to HoR elections: Call to not violate voters’ confidentiality
आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु
हात्तीको आक्रमणबाट बालिकाको मृत्यु, एक घाइते
नेपाली टिमले विश्वकपमा आत्मविश्वास र एकता देखाउने छ: प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग
Former PM Bhattarai bereaved of father
प्रतिक्रिया