प्रधानमन्त्रीले बोलाए पार्टी स्थायी समिति बैठक लगत्तै मन्त्रिपरिषद् बैठक
दिउँसो २ बजे एमाले स्थायी समिति बैठक र त्यसलगत्तै साढे २ बजे मन्त्रिपरिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । दिउँसो २ बजेर ३० मिनेटमा उनले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । मन्त्रिपरिषद्को बैठक अगाडी ओलीले पार्टीको स्थायी समिति बैठक पनि बोलाएका छन् ।
स्थायी समिति बैठकमा राष्टिय सभा चुनावमा माधव नेपाल पक्षले पार्टी उम्मेदवार रामवहादुर थापा माथी सहयोग भए नभएको विषयमा समिक्षा गर्ने सम्भावना रहेको छ । बैठकका एजेण्डा बताईएको छैन ।
नेपाल पक्षले पार्टी २०७५ जेठ २ मा फर्किनु पर्ने बताईरहेको र त्यसका लागि दुवै पक्षका ५/५ जना नेता रहेको कार्यदल बनाएपनि कार्यदलले खास काम अगाडी बढाएको छैन । यस सम्वन्धमा छलफल हुन सक्ने छ ।
त्यसै गरी प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने विषय वजेट अगाडी गर्ने वा पछाडी भन्ने विषयमा पनि एमाले स्थायी समितिमा छलफल हुनेछ । त्यही आधारमा मनित्रपरिषद्को बैठकमा पनि छलफल हुने बताईएको छ ।
स्थायी समिति बैठक पछि बस्ने मनित्रपरिषद्को बैठकले संसदको अधिवेशन आह्रवान गर्ने सम्भावना रहेको एक मन्त्रीले बताए । तर त्यस्तो अधिवेशन आह्रवान विश्वासको मत लिनका लागि विशेष अधिवेशनका रुपमा बोलाउने या नियमित वजेट अधिवेशन बोलाउने भन्ने विषयमा भने एमाले स्थायी समिति बैठक पछि टुग्गो लाग्न सक्ने ति मन्त्रीले बताए ।










रविको अर्धशतकमा चितवनको विजयी सुरुवात
दिवङ्गत पत्रकार सुरेश रजककी श्रीमतीलाई सरकारले दियो रोजगारी
दोहोरो अंकले बढ्याे सेयर बजार
च्यासलमा एमालेका निवर्तमान सांसदहरूको बैठक
प्रधानमन्त्री कार्कीसँग कांग्रेसका युवा नेताहरुको भेट
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
दलहरुबीचको एकता र विभाजन के निर्वाचन लक्षित मात्रै हो ?
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
प्रतिक्रिया