प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता

काठमाडौं । प्यूठानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सुशान्त वैदिकलाई उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार जुलुसहित प्यूठान सदरमुकाम खलंगामा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गराएपछि वैदिकले प्यूठानको परिवर्तन आफू योग्य रहेको भन्दै सबै मतदातासँग मत मागे । उनले मनपरीतन्त्र विरोध गर्दै र साच्चै मुलुकलाई उन्नत लोकतन्त्रको अभ्यास पुर्याउन, देशलाई लोककल्याणकारी राज्यमा अग्रसर गराउनका आफू उम्मेदवार बनेको बताए ।
रास्वपा प्यूठानका सभापति विकास पोखरेलले देशले परिवर्तन चाहिरहेको वेला प्यूठानले पनि परिवर्तन खोजेको भन्दै वैदिकलाई बिजय गराउन सबैलाई अनुरोध गरे । अघिल्लो निर्वाचनमा पनि चुनाव चिन्ह घण्टीले घण्टी बजाइसकेको अवस्था यसपटक प्यूठानबाट रास्वपाले अत्यधिक मत सहित जित्ने उनले बताए ।
वैदिक लुम्विनी प्रदेशका तत्कालिन मुख्यमन्त्रीद्वय डिल्ली चौधरी र जोगवहादुर महराको अर्थविदका रूपमा काम गरिसकेका छन् । युवा अर्थशास्त्री वैदिकले वेलायतको लण्डन स्कुल अफ इकोनोमिक्स र नर्वेबाट अर्थशास्त्रमा स्नातकोत्तर हुन् । प्युठान नगरपालिका –१ खैराका वैदिक रास्वपाका केन्द्रीय सदस्य समेत हुन् ।
यस्तै प्यूठानमा एमालेबाट सूर्यवहादुर थापा, नेपाली काग्रेसबाट डा गोविन्द पोखरेल, नेपाली कम्युनिष्ट पार्टीबाट कृष्णध्वज खड्का, राष्ट्रिय जनमोर्चाबाट तिलक जिसीले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
प्रतिक्रिया