बाँकेमा चार जनाले फिर्ता लिए उम्मेदवारी

नेपालगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिएका चार जनाले आज उम्मेदवारी फिर्ता लिएका छन् । बाँकेको तीन निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका निर्वाचन क्षेत्र नं १ र निर्वाचन क्षेत्र नं २ बाट उनीहरूले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत कार्यालय, नेपालगञ्जका मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले नेपाल जनता पार्टीका उम्मेदवार विजयकुमार गुप्ता र जनता समाजवादी पार्टीका सरस्वतीप्रसाद बर्माले उम्मेदवारी फिर्ताको निवेदन दिएको जानकारी दिए । दुई जनाका उम्मेदवारी फिर्तासँगै जिल्लाको निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारी दिनेको सङ्ख्या २० कामय भएको छ ।
त्यस्तै जिल्लाको निर्वाचन क्षेत्र नं १ मा पनि स्वतन्त्रतर्फका दुई जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले स्वतन्त्रतर्फका प्रदीपकुमार पौडेल र दीपक शाहीले उम्मेदवारी फिर्ता लिएको जानकारी दिए । उम्मेदवारी फिर्तासँगै सो निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनेको सङ्ख्या १५ कायम हुने भएको छ । तर जिल्लाको निर्वाचन क्षेत्र नं ३ मा भने कसैको पनि उम्मेदवारी फिर्ता भएको छैन । सो निर्वाचन क्षेत्रमा २२ जनाले उम्मेदवारी दिएका थिए । बाँके जिल्लामा कुल ६१ जनाको उम्मेदवारी परेकामा चार जनाले फिर्ता लिएपछि ५७ जनाको उम्मेदवारी कायम भएको छ ।
बाँकेका तीन निर्वाचन क्षेत्रमा कुल तीन लाख ५० हजार ३७१ मतदाता रहेका छन् । यसमध्ये १ नं निर्वाचन क्षेत्रमा एक लाख २४ हजार ७२७, निर्वाचन क्षेत्र नं २ मा एक लाख आठ हजार २९० र निर्वाचन क्षेत्र नं ३ मा एक लाख १७ हजार ३५४ मतदाता रहेका छन् ।
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया